शुक्रबार, भदौ २० गते २०८२ Sep 05 2025 Friday
images
images

माओवादी केन्द्रको पदाधिकारी बैठकले गरेका निर्णयहरू यस्ता छन


  • 1.5K
    SHARES
  • https://indrenipost.com/index.php/posts/10127
    भदौ १९, २०८२ बिहीबार
    माओवादी केन्द्रको पदाधिकारी बैठकले गरेका निर्णयहरू यस्ता छन

    काठमाडौँ – नेकपा माओवादी केन्द्रको पदाधिकारी बैठकले पार्टीभित्र गुटगत गतिविधि नियन्त्रण, जिम्मेवारी बाँडफाँट, र विभिन्न वाम दलसँगको एकता प्रक्रियामा छलफल गरेको छ । बिहीबार बसेको बैठकमा पार्टीभित्र रहेका गुट तथा स्वार्थ समूह भत्काउने, अनुगमन गर्ने, र एकता प्रक्रियामा सहभागी सदस्यहरूको कार्यविभाजनबारे चर्चा भएको पार्टीका प्रवक्ता तथा उपाध्यक्ष अग्नी सापकोटाले जानकारी दिए ।
    सापकोटाका अनुसार, बैठकमा गुटगत गतिविधि नियन्त्रण गर्न अनुगमन समिति बनाउने विषय पनि छलफलमा आएको थियो । यसले पार्टीभित्र अनुशासन कायम राख्न र विभिन्न समूहगत गतिविधि अनुगमन गर्न सहयोग पुर्‍याउनेछ ।
    बैठकमा पार्टीमा विभिन्न समयमा एकता प्रक्रियामा आएका सदस्यहरूको जिम्मेवारी र कार्यविभाजनको समीक्षा गरिएको थियो । यसका साथै भदौको तेस्रो सातादेखि सञ्चालन हुने मध्यपहाडी जनजागरण अभियानको स्वरूपबारे पनि विस्तृत छलफल भएको छ । बैठकले अभियानको लक्ष्य, रणनीति र समय तालिका तयार गर्न सुझावहरू समेत संकलन गरेको छ ।
    प्रवक्ता सापकोटाले थप जानकारी दिँदै भने, बैठकमा विभिन्न वाम पार्टीसँग भइरहेको एकताको पहलबारे पनि छलफल भएको थियो । माओवादी केन्द्रले समाजवादी मोर्चामा रहेका एकीकृत समाजवादी, नेत्रविक्रम चन्द नेतृत्वको नेकपा, महेन्द्र यादव नेतृत्वको समाजवादी पार्टीलगायतसँग एकता गर्ने निर्णय गरेको छ । यसअनुसार पार्टीभित्र आन्तरिक छलफल तीव्र रूपमा भइरहेको छ ।
    बैठकले आन्तरिक समन्वय, जिम्मेवारी स्पष्टता, र गुटगत गतिविधि रोकथामका लागि रणनीति बनाउने विषयमा प्राथमिकता दिएको छ । यसले आगामी राजनीतिक गतिविधि र पार्टी एकताको प्रक्रियामा सकारात्मक प्रभाव पार्ने विश्वास गरिएको छ ।

    images

    इन्द्रेणीपोष्ट
    मिडिया टुडे प्रा.लि.द्धारा सञ्चालित

    प्रतिक्रिया दिनुहोस
    सम्बन्धित समाचार

    © 2025 All right reserved to indrenipost.com | Site By : Sobij