शुक्रबार, भदौ २० गते २०८२ Sep 05 2025 Friday
images
images

थियानजिनमा प्रधानमन्त्री ओली र लाओ राष्ट्रपति सुसौलिथबीच दुईपक्षीय भेटवार्ता


  • 469
    SHARES
  • https://indrenipost.com/index.php/posts/10075
    भदौ १६, २०८२ सोमबार
    थियानजिनमा प्रधानमन्त्री ओली र लाओ राष्ट्रपति सुसौलिथबीच दुईपक्षीय भेटवार्ता

    थियानजिन चीन, १६ भदौ । शाङ्घाई सहयोग संगठन एससिओ प्लस को शिखर सम्मेलनका क्रममा प्रधानमन्त्री केपी शर्मा ओली र लाओ जनप्रजातान्त्रिक गणतन्त्रका राष्ट्रपति थोल्ङलौन सुसौलिथबीच चीनको थियानजिनमा दुईपक्षीय भेटवार्ता भएको छ ।
    भेटवार्तामा दुई देशबीचको आपसी सम्बन्ध र सहयोगका विभिन्न पक्षबारे विचारविमर्श गरिएको थियो । नेपाल–लाओबीचको कूटनीतिक तथा मैत्रीपूर्ण सम्बन्धलाई अझ सुदृढ बनाउन सहयोग गर्ने विषयमा पनि छलफल भएको भेटमा सहभागी एक अधिकारीले बताए ।
    भेटमा पूर्व उपप्रधानमन्त्री एवं प्रतिनिधिसभा सदस्य पूर्णबहादुर खड्का, शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री रघुजी पन्त, संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री बद्रीप्रसाद पाण्डे, पूर्वमन्त्री तथा प्रधानमन्त्रीका आर्थिक सल्लाहकार डा.युवराज खतिवडा, पूर्वमन्त्री एवम् सांसद छविलाल विश्वकर्मा र परराष्ट्र सचिव अमृतबहादुर राईलगायत उपस्थित थिए ।
    चीनको थियानजिन मेइजियान सम्मेलन केन्द्रमा आइतबारबाट सुरु भएको उक्त सम्मेलनमा प्रधानमन्त्री ओलीसहित सहभागी मुलुकका राष्ट्रप्रमुख तथा सरकार प्रमुखले आज सम्बोधन गर्ने कार्यक्रम छ ।

    images

    इन्द्रेणीपोष्ट
    मिडिया टुडे प्रा.लि.द्धारा सञ्चालित

    प्रतिक्रिया दिनुहोस
    सम्बन्धित समाचार

    © 2025 All right reserved to indrenipost.com | Site By : Sobij