गोरखाको अजिरकोट गाउँपालिका–३ हंशपुर केन्द्रबिन्दु भएर आज बिहान ६ः१५ बजे चार रेक्टर स्केलको भूकम्प गएको छ ।
राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्र, लैनचौरले यसबारे जानकारी दिएको छ ।
यसअघि भदौ १ गते रामेछापको हेलम्चो आसपास पनि चार रेक्टर स्केलको भूकम्प गएको थियो ।
नेपाल हिमालय क्षेत्रमा पर्दा आएको यस भूकम्पलाई जोखिमयुक्त क्षेत्रको रूपमा लिइन्छ ।
पछिल्लो समय साना र मध्यम रेक्टर स्केलका भूकम्पको क्रम निरन्तर जारी छ ।