शुक्रबार, भदौ २० गते २०८२ Sep 05 2025 Friday
images
images

राष्ट्रियसभाको बैठक आज बस्दै, ‘सङ्घीय निजामती सेवा विधेयक’ र भूमि संशोधन विधेयकमाथि छलफल हुने


  • 271
    SHARES
  • https://indrenipost.com/index.php/posts/10083
    भदौ १७, २०८२ मंगलबार
    राष्ट्रियसभाको बैठक आज बस्दै, ‘सङ्घीय निजामती सेवा विधेयक’ र भूमि संशोधन विधेयकमाथि छलफल हुने

    काठमाडौँ, १७ भदौ – राष्ट्रियसभाको बैठक आज अपराह्न १ः१५ बजे सङ्घीय संसद् भवन नयाँ बानेश्वरमा बस्दैछ । बैठकको मुख्य एजेन्डा ‘सङ्घीय निजामती सेवा विधेयक, २०८०’ सम्बन्धी विधायन व्यवस्थापन समितिको प्रतिवेदन सभासमक्ष पेस गर्नु र भूमि ऐन संशोधन सम्बन्धी विधेयकमाथि विचार गर्नु हो ।
    विधायन व्यवस्थापन समितिका सभापति तुलसाकुमारी दाहालले सो विधेयकको प्रतिवेदन पेस गर्नेछिन । सोमबार तय कार्यसूची भए पनि विधेयकमाथि छलफल नसकिँदा आज पेस हुने भएको हो ।
    भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री बलराम अधिकारीले प्रतिनिधिसभाबाट प्राप्त ‘भूमिसम्बन्धी केही नेपाल ऐन संशोधन विधेयक, २०८२’ माथि विचार गर्न प्रस्ताव पेश गर्नेछन ।
    आजै दुई संसदीय समितिको बैठक पनि बस्दैछद। राज्यव्यवस्था तथा सुशासन समितिले हालसम्मको कामकारबाहीको समीक्षा गर्नेछ भने विधायन व्यवस्थापन समितिले ‘सङ्घीय निजामती सेवा विधेयक’को मस्यौदा प्रतिवेदनमा छलफल गर्नेछ ।

  • सम्बन्धित विषय:

  • # माधवकुमार नेपाल
  • images

    इन्द्रेणीपोष्ट
    मिडिया टुडे प्रा.लि.द्धारा सञ्चालित

    प्रतिक्रिया दिनुहोस
    सम्बन्धित समाचार

    © 2025 All right reserved to indrenipost.com | Site By : Sobij