शुक्रबार, भदौ २० गते २०८२ Sep 05 2025 Friday
images
images

विहादी गाउँपालिकाले स्थानीय जातका गाई र हलगोरु पाल्ने किसानलाई अनुदान दिने


  • 325
    SHARES
  • https://indrenipost.com/index.php/posts/10084
    भदौ १७, २०८२ मंगलबार
    विहादी गाउँपालिकाले स्थानीय जातका गाई र हलगोरु पाल्ने किसानलाई अनुदान दिने

    पर्वत, १७ भदौ – विहादी गाउँपालिकाले लोपोन्मुख स्थानीय जातका गाई र हलगोरु पाल्ने किसानलाई प्रोत्साहनका लागि अनुदान वितरण गर्ने भएको छ। व्यावसायिक दूध उत्पादनका लागि उन्नत जातका गाई पाल्ने किसानलाई प्रतिगाई रु २० हजार र स्थानीय जातका गाईको सुत्केरीमा रु २ हजार ५०० अनुदान प्रदान गरिने छ । हलगोरु पाल्ने किसानलाई प्रतिहलगोरु रु १० हजार उपलब्ध गराइने जानकारी प्रमुख प्रशासकीय अधिकृत थमनबहादुर रेश्मीले दिए ।
    गाउँपालिकाले पालिका भित्रका छवटै वडामा स्थानीय जातका गाईपालक किसानलाई विगत तीन वर्षदेखि प्रोत्साहन गर्दै आएको छ । यस वर्ष गाई संरक्षण अभियान अन्तर्गत निवेदन, वडा कार्यालयको सिफारिस, नागरिकताको प्रतिलिपि र गाई बाछीको तस्बिर संलग्न गरी आवेदन दिनुपर्ने व्यवस्था गरिएको छ ।
    विहादी गाउँपालिका अध्यक्ष परवीन गुरुङका अनुसार, स्थानीय जातका गाईको संरक्षण नगरेमा हिन्दू पूजापाठ र धर्मावलम्बी नयाँ पुस्ताको लागि गाईको पहिचान हराउन सक्ने खतरा छ । पालिकाले चालु आर्थिक वर्षमा सुत्केरी भएका स्थानीय गाईलाई अनुदान दिने तयारी गरेको छ ।
    अघिल्ला वर्षमा विहादीले रु पाँच–पाँच हजारका दरले प्रोत्साहन उपलब्ध गराएको थियो । पर्वतका अन्य पालिकाहरू पनि हलगोरु, राँगो र गाईपालनमा किसानलाई अनुदान दिँदै व्यावसायिक कृषि पेशातर्फ आकर्षित गर्दै आएका छन् । भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्रले यस वर्ष गाईभैँसीको सुत्केरी खर्चका लागि रु १० लाख विनियोजन गरेको छ ।

    images

    इन्द्रेणीपोष्ट
    मिडिया टुडे प्रा.लि.द्धारा सञ्चालित

    प्रतिक्रिया दिनुहोस
    सम्बन्धित समाचार

    © 2025 All right reserved to indrenipost.com | Site By : Sobij