बुधबार, भदौ १८ गते २०८२ Sep 03 2025 Wednesday
images
images

जिल्ला न्यायाधीशका लागि ६ जना सिफारिस


  • 190
    SHARES
  • https://indrenipost.com/index.php/posts/10086
    भदौ १७, २०८२ मंगलबार
    जिल्ला न्यायाधीशका लागि ६ जना सिफारिस

    काठमाडौँ, १७ भदौ । न्यायपरिषद्को आजको बैठकले ६ जना जिल्ला न्यायाधीश नियुक्तिका लागि सिफारिस गर्ने निर्णय गरेको छ ।
    सिफारिस सूचीमा काठमाडौँ जिल्ला सरकारी वकिल कार्यालयका जिल्ला न्यायाधिवक्ता गोकुलबहादुर निरौला, प्रशासकीय अदालतका उपरजिस्ट्रार अरुणकुमार कोइराला, रोल्पा जिल्ला अदालतका स्रेस्तेदार कुलप्रसाद दाहाल, सर्वोच्च अदालतका इजलास अधिकृत सूर्यप्रसाद भण्डारी, सर्वोच्च अदालतकी उपरजिस्ट्रार अनुपमा पन्त र कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालयका उपसचिव विश्वदीप वेस्रा रहेका छन् ।
    हाल जिल्ला अदालतमा २७ न्यायाधीशका पद रिक्त छन् । तीमध्ये २१ जना न्याय सेवा आयोगको खुला प्रतिस्पर्धाबाट नियुक्त हुनेछन् भने बाँकीमा न्यायपरिषद्को सिफारिसबाट नियुक्ति हुने बताइएको छ ।

    images

    इन्द्रेणीपोष्ट
    मिडिया टुडे प्रा.लि.द्धारा सञ्चालित

    प्रतिक्रिया दिनुहोस
    सम्बन्धित समाचार

    © 2025 All right reserved to indrenipost.com | Site By : Sobij