बुधबार, भदौ १८ गते २०८२ Sep 03 2025 Wednesday
images
images

बझाङमा जेसिबी पल्टिँदा चालकको मृत्यु, दुई जना घाइते


  • 289
    SHARES
  • https://indrenipost.com/index.php/posts/10088
    भदौ १७, २०८२ मंगलबार
    बझाङमा जेसिबी पल्टिँदा चालकको मृत्यु, दुई जना घाइते

    चैनपुर बझाङ, १७ भदौ । बझाङको सुर्मा गाउँपालिका–३ कोलपाटा भन्ने स्थानमा जेसिबी दुर्घटना हुँदा एक जनाको ज्यान गएको छ भने दुई जना घाइते भएका छन् ।
    जिल्ला प्रहरी कार्यालय बझाङका अनुसार सुर्मा गाउँपालिका–३ बाट सुर्मा जाने बाटोमा दौलिगाड खण्डमा सडक खुलाउने क्रममा आज साँझ ८ बजे जेसिबी पल्टिँदा कैलाली धनगढी उपमहानगरपालिका–३ का ३५ वर्षीय चालक रणबहादुर नेगीको घटनास्थलमै मृत्यु भएको हो ।
    दुर्घटनामा सुर्मा गाउँपालिका–३ काँटैका रवी बोहरा र वडा नम्बर ५ का धर्मराज जेठारा घाइते भएका छन् । घाइतेहरूको स्थानीय स्वास्थ्य संस्थामा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

    images

    इन्द्रेणीपोष्ट
    मिडिया टुडे प्रा.लि.द्धारा सञ्चालित

    प्रतिक्रिया दिनुहोस
    सम्बन्धित समाचार

    © 2025 All right reserved to indrenipost.com | Site By : Sobij