कञ्चनपुर, १७ भदौ । कञ्चनपुरको दोधारा चाँदनी नगरपालिका–२ पूर्णागिरि टोलका करिब ५६ वर्षीय राजेन्द्र सिंह भाटलाई रतुवाको मासुसहित प्रहरीले पक्राउ गरेको छ।
इलाका प्रहरी कार्यालय दोधारा चाँदनीका प्रहरी निरीक्षक जगत गाहा मगरका अनुसार भाटलाई सोही नगरपालिका–३ शान्ति टोलबाट गोप्य सूचनाका आधारमा पक्राउ गरिएको हो ।
बरामद गरिएको रतुवाको मासुसहित पक्राउ परेका भाटलाई शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा जिम्मा लगाइएको छ । निकुञ्जले आवश्यक कानूनी कारबाही र थप अनुसन्धान प्रक्रिया अघि बढाएको जनाएको छ ।