बिहीबार , भदौ १९ गते २०८२ Sep 04 2025 Thursday
images
images

“नेपालमा ३० करोड जनतालाई पुग्ने अन्न उत्पादन सम्भव छ” — नेता कोइराला


  • 496
    SHARES
  • https://indrenipost.com/index.php/posts/10110
    भदौ १९, २०८२ बिहीबार
    “नेपालमा ३० करोड जनतालाई पुग्ने अन्न उत्पादन सम्भव छ” — नेता कोइराला

    बनियानी झापा, १९ भदौः नेपाली कांग्रेस नेता डा.शशाङ्क कोइरालाले नेपालमा रहेको १७ लाख हेक्टर खेतीयोग्य जमिनबाट ३० करोड जनतालाई पुग्ने अन्न उत्पादन सम्भव हुने दाबी गरेका छन ।
    बिर्तामोडमा नेपाली कांग्रेस आपूर्ति तथा उपभोक्ता विभागले आयोजना गरेको ‘दैनिक उपभोग्य वस्तुको सुनिश्चितता, उपभोक्ताको अधिकार हाम्रो चासो’ विषयक अन्तरसंवाद कार्यक्रममा बोल्दै उनले नेपालसँग पर्याप्त उत्पादन क्षमता रहेको तर त्यसको उपयोग गर्न नसक्दा व्यापार घाटा बढेको बताए । कृषि क्षेत्रमा युवाको आकर्षण बढाउन विशेष सरकारी योजना आवश्यक रहेकोमा उनले जोड दिए ।
    नेता कोइरालाले कृषि नै देश विकासको आधार भएको उल्लेख गर्दै पार्टी सञ्चालनमा लोकतान्त्रिक पद्धति र ‘चेन अफ कमान्ड’ प्रणालीलाई अनिवार्य मान्नुपर्ने धारणा राखेका छन ।
    कार्यक्रममा कांग्रेस सहमहामन्त्री भीष्मराज आङ्देम्बेले उपभोक्ताका आवाज संकलन गरी सरकारसम्म पु¥याइने जानकारी दिए । उनले पार्टीको महाधिवेशन आगामी मङ्सिरभित्र सम्पन्न हुने र त्यसका लागि क्रियाशील सदस्यता नवीकरण समयमै गर्न आग्रह गरेका छन ।
    ऊर्जामन्त्री दीपक खड्काले अस्थिर सरकारका कारण अर्थतन्त्र कमजोर बनेको भन्दै कांग्रेस–एमाले संयुक्त सरकारको आवश्यकता औंल्याए ।
    त्यस्तै, कांग्रेस प्रचार विभाग प्रमुख मीन विश्वकर्माले उपभोक्ता, उत्पादक र बिक्रेताबीच सन्तुलन कायम गर्न राज्यको भूमिका महत्त्वपूर्ण रहेको बताउँदै खाद्य मिसावट, विषादी प्रयोग र नियमनकारी निकायको कमजोरी बारे चिन्ता व्यक्त गरे ।
    कार्यक्रममा केन्द्रीय सदस्य सरिता प्रसाईं, नेतृ गोमा भट्टराई, उर्मिला थपलिया, प्रेमराज महर्जन र कांग्रेस झापा सभापति देउकुमार थेवेलगायतले समेत सम्बोधन गरेका थिए ।

    images

    इन्द्रेणीपोष्ट
    मिडिया टुडे प्रा.लि.द्धारा सञ्चालित

    प्रतिक्रिया दिनुहोस
    सम्बन्धित समाचार

    © 2025 All right reserved to indrenipost.com | Site By : Sobij