बिहीबार , भदौ १९ गते २०८२ Sep 04 2025 Thursday
images
images

बिर्तामोडमा गुणस्तर तथा नापतौलसम्बन्धी चेतनामूलक कार्यक्रम सम्पन्


  • 352
    SHARES
  • https://indrenipost.com/index.php/posts/10114
    भदौ १९, २०८२ बिहीबार
    बिर्तामोडमा गुणस्तर तथा नापतौलसम्बन्धी चेतनामूलक कार्यक्रम सम्पन्

    भद्रपुर झापा, १९ भदौः बिर्तामोडमा बुधबार गुणस्तर तथा नापतौलसम्बन्धी चेतनामूलक कार्यक्रम सम्पन्न भएको छ ।
    नेपाल गुणस्तर तथा नापतौल विभागको आयोजनामा सम्पन्न कार्यक्रममा नेपाल गुणस्तर चिह्न, अन्तरराष्ट्रिय गुणस्तर सङ्गठन आईएसओ प्रमाणपत्र र विभागका कार्यालयहरूले उपलब्ध गराउने सेवाबारे विस्तृत जानकारी दिइएको थियो ।
    विभागका निर्देशक पारसमणि यादवले नेपाल गुणस्तर चिह्न र आइएसओ प्रमाणपत्रबारे प्रस्ट पारे भने जिल्ला गुणस्तर तथा नापतौल कार्यालय झापाका प्रमुख रजनिस झाले कार्यालय मार्फत प्रदान हुने सेवा प्रस्तुत गरेका थिए ।
    कार्यक्रममा सहभागी उद्योगी, व्यापारी, उपभोक्ता तथा स्थानीय तहका प्रतिनिधिले गुणस्तर चिह्न र आइएसओ प्रमाणपत्र प्राप्त गर्ने प्रक्रिया तथा विभागीय सेवाबारे जिज्ञासा राखेका थिए ।
    त्यस अवसरमा नापतौल प्रणाली, ढकतराजु, उपभोक्ताको अधिकार तथा स्वदेशी उत्पादनलाई अन्तरराष्ट्रिय बजारमा प्रवर्द्धन गर्ने विषयमा समेत जानकारी दिइएको थियो ।

    images

    इन्द्रेणीपोष्ट
    मिडिया टुडे प्रा.लि.द्धारा सञ्चालित

    प्रतिक्रिया दिनुहोस
    सम्बन्धित समाचार

    © 2025 All right reserved to indrenipost.com | Site By : Sobij