काठमाडौँ, १९ भदौः नेपाल सरकारले चीनको ग्लोबल सेक्युरिटी इनिसियटिभ्स जिएसआई मा कुनै किसिमको सहमति नगरेको स्पष्ट पारेको छ ।
भदौ १४ गते चीनको थियानजिनमा सम्पन्न साङ्घाइ सहयोग सङ्गठन एससिओ प्लस शिखर सम्मेलनका क्रममा प्रधानमन्त्री केपी शर्मा ओली र चिनियाँ राष्ट्रपति सी चिनफिङबीच भएको भेटवार्तामा नेपालले जिएसआईमा सहमति जनाएको भन्ने समाचारहरू आधारहीन भएको सरकारको भनाइ छ ।
परराष्ट्र सचिव अमृतबहादुर राईले रासससँग कुरा गर्दै नेपाल असंलग्न परराष्ट्र नीतिप्रति पूर्ण प्रतिबद्ध रहेको दोहोर्याउँदै संवेदनशील विषयमा वास्तविकता नबुझी टिप्पणी नगर्न सबैसँग आग्रह गरेका छन ।
उनका अनुसार ओली–सी वार्तामा ‘ग्लोबल डेभलपमेन्ट इनिसियटिभ्स’सहित द्विपक्षीय, क्षेत्रीय र अन्तरराष्ट्रिय चासोका विषयमा मात्र छलफल भएको थियो ।