बिहीबार , भदौ १९ गते २०८२ Sep 04 2025 Thursday
images
images

राष्ट्रियसभाका दुई समितिको बैठक आज, विविध विषयमा छलफल


  • 433
    SHARES
  • https://indrenipost.com/index.php/posts/10109
    भदौ १९, २०८२ बिहीबार
    राष्ट्रियसभाका दुई समितिको बैठक आज, विविध विषयमा छलफल

    काठमाडौँ, १९ भदौः राष्ट्रियसभाअन्तर्गतका दुई समितिको बैठक आज बस्दैछन् । सिंहदरबारस्थित समिति हलमा बस्ने यी बैठकहरूमा विविध विषयमा छलफल हुने जनाइएको छ ।
    अपराह्न १२ः३० बजे बस्ने ‘सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समिति’ को २९७औँ बैठकमा प्रत्यायोजित विधायन, कानुन समाजसँग सहकार्य लगायत विषयमा छलफल हुनेछ । यसका लागि नेपाल कानुन समाजका अध्यक्ष तथा पूर्वउपसभामुख पुष्पा भुसाल गौतम र समाजका कार्यक्रम निर्देशक मोहनलाल आचार्यलाई आमन्त्रण गरिएको छ ।
    त्यस्तै, दिउँसो १ बजे बस्ने ‘सङ्घीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समिति’ को ३०५औँ बैठकमा समितिको आव २०८२÷८३ को वार्षिक कार्ययोजना तथा लुम्बिनी प्रदेशमा भएका अनुगमन र अन्तरक्रियाको प्रतिवेदन माथि छलफल गरी पारित गर्ने एजेन्डा रहेको छ ।

    images

    इन्द्रेणीपोष्ट
    मिडिया टुडे प्रा.लि.द्धारा सञ्चालित

    प्रतिक्रिया दिनुहोस
    सम्बन्धित समाचार

    © 2025 All right reserved to indrenipost.com | Site By : Sobij