शुक्रबार, भदौ २० गते २०८२ Sep 05 2025 Friday
images
images

एमालेको दोस्रो विधान महाधिवेशन गोदावरीमा प्रारम्भ


  • 262
    SHARES
  • https://indrenipost.com/index.php/posts/10136
    भदौ २०, २०८२ शुक्रबार
    एमालेको दोस्रो विधान महाधिवेशन गोदावरीमा प्रारम्भ

    काठमाडौँ, २० भदौः नेपाल कम्युनिष्ट पार्टी एमालेको दोस्रो विधान महाधिवेशन आजदेखि ललितपुरको गोदावरीमा सुरु भएको छ । महाधिवेशनको उद्घाटन पार्टी अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले गरेका छन ।
    निर्णायक राष्ट्रिय शक्ति निर्माण हाम्रो सङ्कल्प, समृद्ध नेपाल, सुखी नेपाली हाम्रो गन्तव्य’ नाराका साथ सम्पन्न भइरहेको महाधिवेशनमा विभिन्न राजनीतिक, संगठनात्मक र विधान संशोधनसम्बन्धी प्रतिवेदन प्रस्तुत हुने भएका छन् ।
    पार्टी अध्यक्ष ओलीले राजनीतिक प्रतिवेदन, उपाध्यक्ष विष्णुप्रसाद पौडेलले विधान संशोधन प्रस्ताव र महासचिव शंकर पोखरेलले संगठनात्मक प्रतिवेदन पेस गर्ने कार्यक्रम छ । त्यस्तै, केन्द्रीय अनुशासन आयोग, लेखा आयोग, निर्वाचन आयोग र सल्लाहकार परिषद्का अध्यक्षहरूले पनि आफ्ना प्रतिवेदन प्रस्तुत गर्नेछन् । प्रस्तुत प्रतिवेदनमा प्रतिनिधिहरूबीच समूहगत छलफल हुनेछ ।
    यसैगरी, स्थायी कमिटी सदस्य कर्ण थापाले सचिवालय बैठकमा राखेको फरक मतसम्बन्धी प्रस्तुति पनि दिने कार्यक्रम रहेको छ ।
    अध्यक्ष ओलीले प्रस्तुत गर्ने राजनीतिक प्रतिवेदनमा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय परिस्थितिको विश्लेषण गर्दै वर्तमान चुनौती, पार्टीको कार्यदिशा र कार्यभारबारे विस्तृत उल्लेख गरिएको छ । साथै, जनताको बहुदलीय जनवादको मार्गदर्शनमा समाजवादको आधार निर्माण गर्ने र नेपाली विशेषतासहितको समाजवाद स्थापना गर्ने प्रस्ताव समेत समावेश गरिएको छ । ‘समृद्ध नेपाल, सुखी नेपाली’लाई दीर्घकालीन गन्तव्यका रूपमा अघि बढाउने मार्गचित्र पनि प्रतिवेदन मार्फत प्रस्तुत गरिएको छ ।
    महाधिवेशनमा देशभरबाट आएका दुई हजार २६ जना प्रतिनिधि र ३१५ जना आयोजक सहभागी भएका छन् । यसअघि एमालेको पहिलो विधान महाधिवेशन २०७८ सालमा सम्पन्न भएको थियो ।

    images

    इन्द्रेणीपोष्ट
    मिडिया टुडे प्रा.लि.द्धारा सञ्चालित

    प्रतिक्रिया दिनुहोस
    सम्बन्धित समाचार

    © 2025 All right reserved to indrenipost.com | Site By : Sobij