शुक्रबार, भदौ २० गते २०८२ Sep 05 2025 Friday
images
images

सिन्धुलीमा ट्रकको ठक्करबाट पैदलयात्रीको मृत्यु


  • 19
    SHARES
  • https://indrenipost.com/index.php/posts/10138
    भदौ २०, २०८२ शुक्रबार
    सिन्धुलीमा ट्रकको ठक्करबाट पैदलयात्रीको मृत्यु

    कमलामाई सिन्धुली, २० भदौः सिन्धुलीको कमलामाई नगरपालिका–९ बथानचौडी नजिक मदन भण्डारी राजमार्गमा आज बिहान भएको सवारी दुर्घटनामा एक पैदलयात्रीको ज्यान गएको छ भने अर्का एक जना घाइते भएका छन् ।
    जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रमुख प्रहरी उपरीक्षक लालध्वज सुवेदीका अनुसार विराटनगरबाट काठमाडौँतर्फ जाँदै गरेको ट्रकले बाटोमा हिँडिरहेका भुवन भुजेल र टेकप्रसाद दाहाललाई ठक्कर दिएको थियो । ठक्करबाट भुजेलको घटनास्थलमै मृत्यु भएको छ भने दाहालको स्थानीय अस्पतालमा उपचार भइरहेको छ ।
    प्रहरीका अनुसार बटुवालाई ठक्कर दिएपछि ट्रक अनियन्त्रित भई सडक किनारको घरमा ठोक्किँदा गारो ढलेको छ । दुर्घटनामा घरपालुवा करिब २० वटा पन्छीको मृत्यु भएको पनि जनाइएको छ ।
    दुर्घटनापछि ट्रक र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ भने थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

    images

    इन्द्रेणीपोष्ट
    मिडिया टुडे प्रा.लि.द्धारा सञ्चालित

    प्रतिक्रिया दिनुहोस
    सम्बन्धित समाचार

    © 2025 All right reserved to indrenipost.com | Site By : Sobij