शुक्रबार, भदौ २० गते २०८२ Sep 05 2025 Friday
images
images

संसदीय सुनुवाइ समितिको सभापति चयन आज


  • 307
    SHARES
  • https://indrenipost.com/index.php/posts/10137
    भदौ २०, २०८२ शुक्रबार
    संसदीय सुनुवाइ समितिको सभापति चयन आज

    काठमाडौँ, २० भदौः सङ्घीय संसद्को संसदीय सुनुवाइ समिति संयुक्त २०८० को बैठक आज बस्दैछ । बैठक कानुन, न्याय तथा मानवअधिकार समितिको हलमा दिउँसो ५ः१५ बजेका लागि तय गरिएको छ ।
    समितिको आजको बैठकले सभापति चयनका सम्बन्धमा प्रक्रिया अघि बढाउने कार्यसूची तय गरेको छ । यसअघि समितिकी तत्कालीन सभापति ईश्वरीदेवी न्यौपानेले राजीनामा दिई राज्य व्यवस्था तथा सुशासन समितिको सभापति निर्वाचित भएपछि सुनुवाइ समितिको सभापति पद रिक्त भएको थियो ।
    यसपटकको बैठकले सो रिक्त पद पूर्ति गर्ने प्रक्रिया सुरु गर्ने जनाइएको छ ।

    images

    इन्द्रेणीपोष्ट
    मिडिया टुडे प्रा.लि.द्धारा सञ्चालित

    प्रतिक्रिया दिनुहोस
    सम्बन्धित समाचार

    © 2025 All right reserved to indrenipost.com | Site By : Sobij