सल्यान । सल्यानमा आइतवार दिउँसो यात्रु बस दुर्घटना हुँदा ज्यान गुमाउनेको संख्या ९ पुगेको छ ।
सल्यानको खलंगाबाट दाङको तुलसीपुर गइरहेको रा १ ख २५५२ नम्बरको बस आइतबार दिउँसो कपुरकोट गाउँपालिका(५ थारखोलामा दुर्घटना भएको थियो ।
सडकबाट करिब २ सय मिटर तल खोलामा बस खसेर भएको दुर्घटनामा घटनास्थलमै ५ जनाको ज्यान गएको हो । कर्णाली प्रदेश प्रहरीका प्रवक्ता डीएसपी माधव श्रेष्ठका अनुसार दुर्घटनापछि सशस्त्र र नेपाल प्रहरीको टोली उद्धारमा खटिएका छन् ।
घटनास्थलमा जिल्ला प्रहरी कार्यालय सल्यानका डीएसपी पनि पुगिसकेको श्रेष्ठले जानकारी दिएका छन् । मृतकको सनाखत हुन बाँकी छ । घाइतेहरूलाई उपचार गर्न काठमाडौं लगिने प्रहरीले जनाएको छ ।
उक्त बस तीव्र गतिका कारण दुर्घटनामा परेको प्रहरीले जानकारी दिएको छ । दुर्घटनामा ५ जनाको घटनास्थलमै र ४ जनाको उपचारका लागि अस्पताल लैजाँदै गर्दा मुत्यु भएको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार मृतकको सनाखत हुन सकेको छैन ।
बसमा ३० जना सवार रहेका थिए । बस सडकदेखि २०० मिटर तल खोलामा खसेको थियो ।