सोमबार, असार २३ गते २०८२ Jul 07 2025 Monday
images
images

अपडेट : सल्यान बस दुर्घटना, १२ जनाको मृत्यु


  • 2.8K
    SHARES
  • https://indrenipost.com/index.php/posts/1584
    कात्तिक २१, २०७८ आइतबार
    अपडेट : सल्यान बस दुर्घटना, १२ जनाको मृत्यु

    सल्यान । सल्यानको कपुरकोट गाउँपालिकाअन्तर्गत खारखोलामा भएको बस दुर्घटनामा परी मृत्यु हुनेको संख्या १२ पुगेको छ । जिल्ला प्रहरी कार्यालयका अनुसार दुर्घटनामा परेर १० पुरुष र २ महिलाको मृत्यु भएको हो । 

    जिल्लाको दुल्धारापोखराबाट दाङको तुलसीपुर जाँदै गरेको रा १ ख २५५२ नम्बरको बस आज (आइतबार) बिहान ११ बजे कपुरकोट गाउँपालिकाको खारखोलामा दुर्घटना भएको हो । 

    दुर्घटनामा परी ६ जनको घटनास्थलमा र अन्य ६ जनाको उपचारका क्रममा अस्पतालमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ । मृत्यु हुनेमा २ जना बालबालिका पनि छन् । घटनामा परी मृत्यु हुनेको सनाखत हुन बाँकी रहेको प्रहरीको भनाइ छ । 

    दुर्घटनामा परी २८ जना घाइते भएका जनाइएको छ । घाइते भएकाको जिल्ला अस्पताल सल्यान, श्रीनगर सल्यान तथा दाङको तुलसीपुर अस्पतालमा उपचार सुरु भएको जिल्ला प्रहरी कार्यालय सल्यानका प्रहरी उपरीक्षक (डीएसपी) गोविन्द थापाले जानकारी दिए । 

    बस सडकभन्दा करिब २०० मिटर  तल खसेको छ । बसमा करिब ४० जना यात्रु रहेको अनुमान गरिएको छ । दुर्घटनाको कारण खुलिसकेको छैन । 

    images

    इन्द्रेणीपोष्ट
    मिडिया टुडे प्रा.लि.द्धारा सञ्चालित

    प्रतिक्रिया दिनुहोस
    सम्बन्धित समाचार

    © 2025 All right reserved to indrenipost.com | Site By : Sobij