सोमबार, असार २३ गते २०८२ Jul 07 2025 Monday
images
images

अपडेट : सल्यान बस दुर्घटना, मृतक १२ मध्ये १० जनाको सनाखत


  • 4.1K
    SHARES
  • https://indrenipost.com/index.php/posts/1588
    कात्तिक २१, २०७८ आइतबार
    अपडेट : सल्यान बस दुर्घटना, मृतक १२ मध्ये १० जनाको सनाखत

    काठमाडौं । सल्यानको कपुरकोट गाउँपालिकाअन्तर्गत खारखोलामा भएको बस दुर्घटनामा परी मृत्यु हुने १२ जनामध्ये १० जनाको पहिचान खुलेको छ । जिल्ला प्रहरी कार्यालयका अनुसार दुर्घटनामा परेर १० महिला र २ पुरुषको मृत्यु भएको हो । 

    मृत्यु हुनेमा सल्यानको शारदा नगरपालिका–२ की ६१ वर्षीय मिना डाँगी, शारदा–२ की ६६ वर्षीया लीला बुढाथोकी, दाङको शान्तिनगर गाउँपालिका–८ की ३५ वर्षीया सावित्रा केसी, शान्तिनगर–६ कोरबाङका ५ वर्षीय सुरज वली छन् । 

    सल्यानको त्रिवेणी गाउँपालिका–१ काभ्राकी २४ वर्षीया मीना शाही, क्षत्रेश्वरी गाउँपालिका–२ का २९ वर्षीय तिलक वली, सल्यानको शारदा–१२ घर भइ दाङको तुलसीपुर–६ बस्ने ५३ वर्षीया पर्भा चलाउनेको पनि दुर्घटनामा मृत्यु भएको छ । 

    यस्तै, दाङको बबइ गाउँपालिका–४ की ६० वर्षीया डुली रेउले, बबइ–६ पञ्कुलेकी ७० वर्षीया कलाबति बुढाथोकी र घोराही उपमहानगरपालिका–१० नारायणपुरकी ६५ वर्षीया इन्द्र अधिकारीको दुर्घटनामा मृत्यु भएको छ । 

    जिल्लाको दुल्धारापोखराबाट दाङको तुलसीपुर जाँदै गरेको रा १ ख २५५२ नम्बरको बस आज बिहान ११ बजे कपुरकोट गाउँपालिकाको खारखोलामा दुर्घटना भएको हो । 

    दुर्घटनामा परी ६ जनको घटनास्थलमा र अन्य ६ जनाको उपचारका क्रममा अस्पतालमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ। मृत्यु हुनेमा २ जना बालबालिका पनि छन् । 

    दुर्घटनामा १८ जना घाइते भएका जनाइएको छ । घाइते भएकाको जिल्ला अस्पताल सल्यान, श्रीनगर सल्यान तथा दाङको तुलसीपुर अस्पतालमा उपचार सुरु भएको जिल्ला प्रहरी कार्यालय सल्यानका प्रहरी उपरीक्षक ९डीएसपी० गोविन्द थापाले जानकारी दिए । 

    केही घाइतेलाई उपचारका लागि बाँके जिल्लाका अस्पतालमा समेत रेफर गरिएको जनाइएको छ । 

    बस सडकभन्दा करिब २०० मिटर  तल खसेको छ । बसमा ३० जनाभन्दा बढी यात्रु रहेको अनुमान गरिएको छ । दुर्घटनाको कारण भने खुलिसकेको छैन । 

    images

    इन्द्रेणीपोष्ट
    मिडिया टुडे प्रा.लि.द्धारा सञ्चालित

    प्रतिक्रिया दिनुहोस
    सम्बन्धित समाचार

    © 2025 All right reserved to indrenipost.com | Site By : Sobij