सोमबार, असार २३ गते २०८२ Jul 07 2025 Monday
images
images

पर्यटन बोर्डका सीइओ रेग्मीले कर्मचारी कुटे किन ?


  • 2.2K
    SHARES
  • https://indrenipost.com/index.php/posts/1602
    कात्तिक २२, २०७८ सोमबार
    पर्यटन बोर्डका सीइओ रेग्मीले कर्मचारी कुटे किन ?

    काठमाडौं । भाइटीकाको दिन बिहान लन्डनबाट नेपाल आएका यात्रु त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको आगमन जाँच कक्षमा थिए । एक जना यात्रु केही मातेका मात्रै थिएनन्, उनले ब्यागेजमा ६ बोतल ड्युटी फ्रीमा किनेको मदिरा पनि सँगै ल्याएका थिए ।

    भन्सार जाँचपासमा खटिएका विमानस्थल भन्सारका नायव सुब्बा सुमन थापाले ६ बोतल मदिरा देखेपछि ती यात्रुलाई सोधे, साथमा कतिजना हुनुहुन्छ ?

    प्रश्न सुन्नेबित्तिकै ती यात्रुले थापाको गालामा एक थप्पड लगाए र भने, म को हो चिनेको छस् ? म देश चलाउने मान्छे हुँ ।

    यसरी रक्सी सजिलै भित्र्याउन नपाउँदा हातपातमा उत्रिने व्यक्ति अरु कोही थिएनन्, थिए त नेपाल पर्यटन बोर्डका सीइओ धनन्जय रेग्मी ।

    ुतपाईँको कुटाईबाट म धन्य भएँ । अब म तपाईलाई छोडौं ? भन्सारका कर्मचारी थापाले उनलाई सोधे ।

    यस घटनापछि भन्सार जाँचमा खटिएका अन्य कर्मचारी पनि भेला भए । रेग्मीलाई तुरुन्तै भन्सार अधिकृतले नियन्त्रणमा लिए ।

    विस्तारै यात्रु र विमानस्थल तथा भन्सार कर्मचारीको भीड बढ्यो । हल्लीखल्ली नै भयो । कुटाइको विषय त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार प्रमुख महेश भट्टराईसम्म पुग्यो । भट्टराईले यो घटना भन्सार विभागका महानिर्देशक नारायण सापकोटालाई ब्रिफ्रिङ गरे । ब्रिफ्रिङपछि जतिसुकै ठूलो मान्छे भएपनि भन्सार ऐन अनुसार कारवाही गर्ने निर्णय भयो ।

    भन्सार ऐन अनुसार विदेशबाट फर्किनेले प्रतिव्यक्ति १ लिटर मदिरा ल्याउन पाउँछ । तर, ५ बोतल बढी भएपछि रेग्मीलाई ५ हजार जरिवाना गरियो । रेग्मीलाई दुर्व्यवहार गरेकोले पाँच हजार जरिवाना गरिएको हो । यो अधिकतम जरिवाना हो ।

    त्यही रेग्मीको स्वास्थ्य जाँच गराइयो । उनले मदिरा सेवन गरेको पुष्टि भएको विमानस्थल प्रहरी स्रोतले जनाएको छ । तर, भीआइपीु भन्दै उनलाई त्रिभुवन विमानस्थल कार्यालयले छाडिदियो । घटना पनि गुपचुप राख्न कर्मचारी बृत्तमा सर्कुलर जारी भयो ।

    एकजना यात्रुले बढी मदिरा ल्याएको र भन्सार कर्मचारीलाई दुर्व्यवहार गरेकाले कानुन अनुसार कारवाही गरेर छाडिएको त्रिभुवन भन्सार कार्यालयका प्रमुख महेश भट्टराईले बताए ।

    तिहारको दिनमा एक जना यात्रुले हाम्रो कर्मचारीलाई दुर्व्यवहार गरेको हाम्रो अभिलेखमा छ, उनले भने, तर उनी को हुन् भन्ने मलाई जानकारी छैन ।

    भट्टराईले दुर्व्यवहार गरेकाले भन्सार ऐन अनुसार ती व्यक्तिलाई अधिकतम पाँच हजार जरिवाना गरिएको बताए ।

    रेग्मी लन्डनमा गत सोमवारदेखि भएको तीनदिने वर्ल्ड ट्राभल मार्टमा सहभागी भएर फर्केका थिए । मार्टमा नेपाली टोलीको नेतृत्व पर्यटन मन्त्री प्रेम आले र सचिव यादवप्रसाद कोइरालाले गरेका थिए । फर्किँदा मन्त्री, सचिव विमानस्थलको भीआइपी लाउन्जबाट निस्किएका थिए भने रेग्मी अन्य यात्रु आउने ठाउँबाट जाँचपासमा आइपुगेका थिए ।

    images

    इन्द्रेणीपोष्ट
    मिडिया टुडे प्रा.लि.द्धारा सञ्चालित

    प्रतिक्रिया दिनुहोस
    सम्बन्धित समाचार

    © 2025 All right reserved to indrenipost.com | Site By : Sobij