काठमाडौं । नेपाल प्रहरीमा कार्यरत डा.एसपी संज्ञा मल्ल संयुक्त राष्ट्रसंघले दिने ‘वर्ष महिला प्रहरी–२०२१’ अवार्डबाट पुरस्कृत भएकी छन् ।
हाल कंगोमा रहेकी मल्लले इबोला र कोभिड–१९ महामारी नियन्त्रणमा र गत मे मा भएको ज्वालामुखी बिस्फोटमा उत्कृष्ट भूमिका खेलेको राष्ट्रयसंघले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।
मल्लले कोभिड–१९ संक्रमण रोकथामका लागि एक गाइडलाइन समेत तयारी पारेकी थिइन् । उनकै नेतृत्वमा कंगोमा महामारी नियन्त्रण गर्ने क्रममा ३ सय भन्दा बढी सचेतनामुलक कार्यक्रमसमेत सञ्चालन भएको थियो ।
मल्ल कंगोको राजधानी कान्सासामा रहेको मिसनको मुख्यालयमा जनस्वास्थ्य तथा वातावरण इकाई प्रमुखमा कार्यरत छिन् । मल्लले नेतृत्व गर्ने इकाईले राष्ट्रसंघमा कार्यरत कर्मचारी र स्थानीय बासिन्दालाई स्वास्थ्य सम्बन्धी सावधानीको मापदण्ड सचेत गराउँदै आएको छ ।
राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसले मंगलबार मल्ललाई उक्त अवार्ड प्रदान गर्ने कार्यक्रम छ ।