सोमबार, असार २३ गते २०८२ Jul 07 2025 Monday
images
images

विमानस्थल काण्ड

पर्यटन बोर्डका सीईओ रेग्मीलाई बोर्डको जिम्मेवारीबाट हटाउने मन्त्रालयको तयारी


  • 3.3K
    SHARES
  • https://indrenipost.com/index.php/posts/1616
    कात्तिक २२, २०७८ सोमबार
    पर्यटन बोर्डका सीईओ रेग्मीलाई बोर्डको जिम्मेवारीबाट हटाउने मन्त्रालयको तयारी

    काठमाडौं । संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले त्रिभुवन विमानस्थल भन्सार कार्यालयमा लफडा परेका पर्यटन बोर्डका सीईओ धनञ्जय रेग्मीलाई कारबाही गर्ने तयारी गरेको छ । 

    सीईओ रेग्मी र भन्सार कार्यालयका कुटपिट भएको भनिएका कर्मचारीसँगको सोधपुछपछि कारबाहीको तयारी गरिएको पर्यटनमन्त्री प्रेम आलेको सचिवालयले जनाएको छ । 

    सचिवालयका एक अधिकारीले नेपालखबरसँग भने, ‘दुई जनासँग सोधपुछ गरिएको हो, यसमा कर्मचारीसँग भनाभन भएको भन्ने आएको छ । यदि हो भने कानुनी व्यवस्थाअनुसार कारबाही हुन्छ ।’ 

    स्रोतका अनुसार सीईओ रेग्मीलाई निलम्बन वा बोर्ड सीईओको जिम्मेवारीबाट मुक्त गर्नेसम्मको तयारी छ । 

     

    images

    इन्द्रेणीपोष्ट
    मिडिया टुडे प्रा.लि.द्धारा सञ्चालित

    प्रतिक्रिया दिनुहोस
    सम्बन्धित समाचार

    © 2025 All right reserved to indrenipost.com | Site By : Sobij