सोमबार, असार २३ गते २०८२ Jul 07 2025 Monday
images
images

सहुलियत

सरकारले सेनाको घर निर्माणका लागि २५ लाख आवास कर्जा उपलब्ध गराउने


  • 2.5K
    SHARES
  • https://indrenipost.com/index.php/posts/1622
    कात्तिक २३, २०७८ मंगलबार
    सरकारले सेनाको घर निर्माणका लागि २५ लाख आवास कर्जा उपलब्ध गराउने

    काठमाडौं । नेपाली सेनाले सेवा अवधि १० वर्ष पूरा गरेका सकलदर्जालाई घर निर्माणका लागि सहुलियत ब्याजदरमा ऋण उपलब्ध गराउने भएको छ ।

    सैनिक सेवामा १० वर्ष पूरा गरे पनि श्रीमान वा श्रीमतीका नाममा घर नरहेका सकलदर्जालाई सहुलियतपूर्ण ब्याजदर ३.३२ प्रतिशतमा आवास निर्माण गर्न रु २५ लाखसम्मको आवास कर्जा उपलब्ध हुनेछ ।

    प्रधानसेनापति प्रभुराम शर्माको उपस्थितिमा राष्ट्रिय वाणिज्य बैंकका प्रमुख कार्यकारिणी अधिकृत, राष्ट्रिय बीमा संस्थानका प्रशासक र नेपाली सेनाका तर्फबाट सैनिक कल्याणकारी महानिर्देशकबीच त्यसका लागि सहमतिपत्रमा हस्ताक्षर भएको हो ।

    सकलदर्जाले लामो समयदेखि प्रतीक्षा गरेको सहुलियतपूर्ण आवास कर्जा कार्यान्वयनमा आएपश्चात् कल्याणकारी सेवासुविधामा समेत वृद्धि भई सैनिक सेवाप्रति आकर्षणसमेत बढ्ने अपेक्षा गरिएको सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ ।

    सेनाले आफ्ना सकलदर्जा तथा हिताधिकारीहरूको सेवासुविधाको दायरालाई फराकिलो बनाउँदै कक्षा ६ देखि वितरण गर्दै आइरहेको कल्याणकारी छात्रवृत्तिलाई कक्षा ४ देखि नै वितरण गर्न लागेको छ ।

    अवकाश प्राप्त सकलदर्जाको मागअनुरुप ६० वर्ष उमेरमाथिको निवृत्तिभरण रकमलाई मासिक रु एक हजार पुर्‍याएको छ ।

    सेनाले सबै प्रदेशमा सैनिक अस्पताल र महाविद्यालयको सुविधा प्रदान गर्ने हेतुले लुम्बिनी प्रदेशमा समेत सैनिक फिल्ड अस्पताल र सैनिक आवासीय महाविद्यालय स्थापनाको कार्ययोजना अघि बढिरहेको जनाएको छ ।

    पछिल्ला वर्षमा प्रत्येक प्रधानसेनापतिले कल्याणकारी कार्यक्रममार्फत वहालवाला तथा भूपूसैनिकका परिवारलाई लक्षित गरी शिक्षा, स्वास्थ्य, स्वरोजगार र सुविधाका कार्याक्रमलाई प्राथमिकता दिँदै आएका छन् ।

    images

    इन्द्रेणीपोष्ट
    मिडिया टुडे प्रा.लि.द्धारा सञ्चालित

    प्रतिक्रिया दिनुहोस
    सम्बन्धित समाचार

    © 2025 All right reserved to indrenipost.com | Site By : Sobij