सोमबार, असार २३ गते २०८२ Jul 07 2025 Monday
images
images

हेटौँडामा ट्रक र बस ठोक्किँदा २ जनाको मृत्यु, १६ घाइते


  • 1.1K
    SHARES
  • https://indrenipost.com/index.php/posts/1652
    कात्तिक २४, २०७८ बुधबार
    हेटौँडामा ट्रक र बस ठोक्किँदा २ जनाको मृत्यु, १६ घाइते

    हेटौँडा । मकवानपुरको हेटौँडामा गएराति ट्रक र बस आपसमा ठोक्किँदा  दुई जनाको मृत्यु भएको छ। दुर्घटनामा अन्य १६ जना घाइते भएका छन् ।

    जनकपुरबाट काठमाडौँतर्फ आइरहेको ना ७ ख ८७६ नम्बरको रात्रि बसलाई विपरीत दिशाबाट आइरहेको प्रदेश–२–०३०१ ख ५०३५ नम्बरको ट्रकले गए राति हेटौँडास्थित नवलपुरमा ठक्कर दिँदा बसमा सबार दुई जनाको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ । मृत्यु हुने दुवै यात्रु बसमा सबार थिए। मृतक दुवै पुरुष हुन् ।

    मृतकको सनाखत भइसकेको छैन । दुर्घटनाको विषयमा अनुसन्धान जारी रहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रवक्ता जयश्वर रिमालले जानकारी दिए । 

    दुर्घटनामा घाइते १५ यात्रुको हेटौँडास्थित चुरेहिल र सहकारी अस्पतालमा उपचार भइरहेको छ । दुर्घटनामा ट्रक चालक पनि गम्भीर घाइते भएका छन् । उनको पनि हेटौँडामै उपचार भइरहेको छ ।  
     

    images

    इन्द्रेणीपोष्ट
    मिडिया टुडे प्रा.लि.द्धारा सञ्चालित

    प्रतिक्रिया दिनुहोस
    सम्बन्धित समाचार

    © 2025 All right reserved to indrenipost.com | Site By : Sobij