कोरोनाभाइरसको सङ्क्रमण विश्वभरि फैलिरहेको छ। विश्व स्वास्थ्य सङ्गठनले यसलाई 'विश्वव्यापी महामारी'को सङ्ज्ञा दिएको छ। चीनबाट सुरु भएको कोभिड-१९ अर्थात् नयाँ कोरोनाभाइरस सङ्क्रमणबाट हुने रोग नियन्त्रण गर्न सबै देशले विभिन्न उपाय अपनाएका छन्।
तर उक्त सङ्क्रमण र त्यसबाट हुने मृत्यु रोकिएको छैन। अहिले चीनमा सङ्क्रमणको दर घटेको छ भने युरोप र अमेरिका महामारीबा धेरै प्रभावित भएका छन्।
जन्स हप्किन्स विश्वविद्यालयको आवधिक तथ्याङ्क अनुसार विश्वभरी काेराेनाकाे संक्रमण ६६५३३७ पुगेकाे छ । त्यसैगरी काेराेना भाइरसका कारण मृत्यु हुनेकाे संख्या ३०, ८५० पुगेकाे छ । इटलीमा मात्रै अहिलेसम्म १०, ०२३ जनाकाे मृत्यु भैसकेकाे छ भने ९२४७२ जनामा संक्रमण देखिएकाे छ । अमेरिकामा भने संक्रमितकाे संख्या १ लाख २४ हजार ३३६ पुगेकाे छ भने २१८४ ले ज्यान गुमाइसकेका छन् । याे क्रम झनै बढ्दाे रहेकाे छ ।