सोमबार, असार २३ गते २०८२ Jul 07 2025 Monday
images
images

एकै पटक ९५ डिएसपीको सरूवा, को कहाँ ?


  • 1.6K
    SHARES
  • https://indrenipost.com/index.php/posts/1704
    कात्तिक २५, २०७८ बिहीबार
    एकै पटक ९५ डिएसपीको सरूवा, को कहाँ ?

    काठमाडौं । नेपाल प्रहरीका ९५ जना प्रहरी नायब उपरीक्षक (डिएसपी)को सरूवा भएको छ । 

    बिहीबार प्रहरी प्रधान कार्यालयले ९५ जना डिएसपीको सरूवा गरेको हो । प्रहरी महानिरीक्षक शैलेश थापा क्षेत्रीको निर्णय अनुसार मंसिर महिनाको तलब भत्ता समेत हाल सरूवा भएको दरबन्दीबाट खान पाउने गरी सरूवा गरिएको हो ।

    महानगरीय प्रहरी वृत्त कालिमाटीका डिएसपी अपिलराज बोहराको प्रहरी प्रधान कार्यालय अपराध अनुसन्धान विद्यालय महाराजगन्जमा सरूवा भएको छ ।

    उनको सट्टामा केन्द्रीय अनुसन्धान ब्युरोका अनिल घिमिरेलाई पठाइएको छ । 

    सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय दिपायल, डोटीका अंगुर जिसीको बागमती प्रदेश प्रहरी कार्यालय हेटौंडा मकवानपुर अन्वेषण योजना शाखामा सरूवा भएको छ । 

    अख्तियार दुरूपयोग अनुसन्धान आयोगको केन्द्रीय कार्यालय प्रहरी महाशाखा, टंगालका अनन्त राम शर्माको सिंहदरबार सुरक्षा गणमा सरूवा भएको हो ।

    जिल्ला प्रहरी कार्यालय दैलेखका अनुपम श्रेष्ठको प्रधान कार्यालय अपराध अनुसन्धान विभागमा सरूवा भएको छ । इलाका प्रहरी कार्यालय ईटहरीका अर्जुन केसीको काभ्रेस्थित मानवस्रोत व्यवस्थापन शाखामा सरूवा भएको छ । 

    जिल्ला प्रहरी कार्यालय डोटीका इन्द्रबहादुर मल्लको नेपाल प्रहरी विशेष सुरक्षा गण, सुर्खेतमा सरूवा गरिएको हो ।

    प्रधान कार्यालय अपराध अनुसन्धान विभाग नक्सालका कृष्णराज ओझाको केन्द्रीय अनुसन्धान ब्युरो पिलर २ आर्थिक अपराध अनुसन्धान शाखामा सरूवा भएको छ ।   

    सूची :

    images

    इन्द्रेणीपोष्ट
    मिडिया टुडे प्रा.लि.द्धारा सञ्चालित

    प्रतिक्रिया दिनुहोस
    सम्बन्धित समाचार

    © 2025 All right reserved to indrenipost.com | Site By : Sobij