आइतबार, असार २२ गते २०८२ Jul 06 2025 Sunday
images
images

 पेस्तोल ताकेर ज्यान मार्ने उद्योगअन्तर्गतका फरार अभियुक्त पक्राउ


  • 1.3K
    SHARES
  • https://indrenipost.com/index.php/posts/1747
    कात्तिक २६, २०७८ शुक्रबार
     पेस्तोल ताकेर ज्यान मार्ने उद्योगअन्तर्गतका फरार अभियुक्त पक्राउ

    ताप्लेजुङ ।  पेस्तोल ताकेर ज्यान मार्ने उद्योग गरी फरार रहेका ताप्लेजुङको मिक्वाखोला गाउँपालिका-४ साँवा बस्ने ३३ वर्षीय एक युवकलाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा मिक्वाखोला गाउँपालिका-४ साँवाका ३३ वर्षीय कमल लिम्बू रहेका छन् ।

    लिम्बूको साथबाट प्रहरीले म्यागेजिनसहितको पेस्तोल एक थान र गोली दुई थान तथा दापसहितको खुकुरी एक थान फेला पारेको जिल्ला प्रहरी कार्यालय ताप्लेजुङका सूचना अधिकारी तथा प्रवक्ता कैलाशकुमार अधिकारीले बताए । 

    अभियुक्त कमलले मेरिङ्देन गाउँपालिका खोजुङ्वाका २६ वर्षीय विनोद नाल्बो लिम्बूलाई कन्चटमा पेस्तोल ताकेर फरार रहेको अभियोग लागेको छ ।

    प्रहरीले अभियुक्तलाई पक्राउ गरी ज्यान मार्ने उद्योग/हातहतियार खरखजाना शीर्षकमा जाहेरी दरखास्त लिएर मुद्दा दर्ता गरी ताप्लेजुङ जिल्ला अदालतबाट म्याद थप भई अनुसन्धान जारी राखिएको जनाएको छ ।

  • सम्बन्धित विषय:

  • # पक्राउ
  • images

    इन्द्रेणीपोष्ट
    मिडिया टुडे प्रा.लि.द्धारा सञ्चालित

    प्रतिक्रिया दिनुहोस
    सम्बन्धित समाचार

    © 2025 All right reserved to indrenipost.com | Site By : Sobij