आइतबार, असार २२ गते २०८२ Jul 06 2025 Sunday
images
images

पाँच लाखसहित जुवाखालबाट आठ पक्राउ


  • 1.8K
    SHARES
  • https://indrenipost.com/index.php/posts/1762
    कात्तिक २७, २०७८ शनिबार
    पाँच लाखसहित जुवाखालबाट आठ पक्राउ

    काठमाडौं । काठमाडौंको गैरीगाउँस्थित जुवाको खालबाट पाँच लाखसहित आठ जनालाई प्रहरीले पक्राउ गरेको छ ।

    स्थानीय नवराज पौडेलको तरकारी लगाउने भाडाको जग्गामा टहरा बनाई बसेको स्थानमा पैसाको हारजित हुने गरी कौडा खेलिरहेको अवस्थामा उनीहरुलाई पक्राउ गरिएको महानगरीय प्रहरी परिसरका प्रहरी उपरीक्षक रमेशकुमार बस्नेतले जानकारी दिए ।

    कौडा खेलिरहेको छ भन्ने विशेष सूचनाका आधारमा महानगरीय प्रहरी वृत बौद्धबाट परिचालित प्रहरी टोलीले गए राति उनीहरुलाई पक्राउ गरिएको हो ।

    कौडाको खालबाट रु पाँच लाख ११ हजार ५०० नगदसमेत बरामद गरिएको परिसरले आज एक विज्ञप्ति जारी गरी जनाएको छ । उनीहरुको विषयमा प्रहरी वृत्त बौद्धले थप अनुसन्धान गरिरहेको छ । 

  • सम्बन्धित विषय:

  • # पक्राउ
  • # जुवा
  • images

    इन्द्रेणीपोष्ट
    मिडिया टुडे प्रा.लि.द्धारा सञ्चालित

    प्रतिक्रिया दिनुहोस
    सम्बन्धित समाचार

    © 2025 All right reserved to indrenipost.com | Site By : Sobij