काठमाडौं । काठमाडौं महानगरपालिका-११ थापाथलीबाट एयरगनसिहत एक युवक पक्राउ परेका छन्। कैलाली घर भएका २१ वर्षीय जितेन्द्र नाथलाई शनिबार साँझ पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
थापाथलीमा कोठामा बस्दै आएका जितेन्द्रले अवैध हातहतियार लुकाई राखेको भन्ने सूचनाको आधारमा महानगरीय प्रहरी प्रभाग कोटेश्वरको टोलीले कोठा तलासी गर्दा एयर गन फेला पारेको प्रहरीले बताएको छ ।
यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।