विराटनगर । मोरङको बूढीगंगा गाउँपालिका ६ कोयलपुरमा सामान्य विवादलाई लिएर युवाहरूबीच झगडा पर्दा आइतबार राति एकजनाको हत्या भएको छ ।
पुरानो झगडालाई लिएर दुई पक्षबीच झगडा हुँदा धनकुटा पाख्रीबास घर भई हाल इटहरी उपमहानगरपालिका(१३ खनारमा बस्ने २६ वर्षीय रिजन दाहालको हत्या भएको प्रहरीले जनाएको छ ।
प्रहरीका अनुसार आइतबार राति साथीको भतिजीको जन्मदिन मनाउन जाँदा बर्थ डेको पार्टीमा आएर मदिरा सेवन गरेका दुई युवा समूहबीच विवाद भएको हो ।