सोमबार, असार २३ गते २०८२ Jul 07 2025 Monday
images
images

असईसहित तीन जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर


  • 2.9K
    SHARES
  • https://indrenipost.com/index.php/posts/1865
    कात्तिक ३०, २०७८ मंगलबार
    असईसहित तीन जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर

    काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले प्रहरी नायब निरीक्षक (असई) सहित तीन जनाविरुद्ध भ्रष्टाचारको मुद्दा दायर गरेको छ ।

    अख्तियारले आज (मंगलबार) बाराको इलाका प्रहरी कार्यालय सिमरौनगढमा कार्यरत असई वीरेन्द्र महतोसहित तीन जनाविरुद्ध काठमाडौँस्थित विशेष अदालतमा भ्रष्टाचारको मुद्दा दायर गरेको हो ।

    असई महतोमाथि आफ्नो नागरिकता र एसएलसीको प्रमाणपत्रमा जन्म मिति सच्चाई प्रहरीमा भर्ना भएको आरोप छ ।

    अनुसन्धान हुँदा असई महतोले जन्म मिति सच्चाएर प्रहरीमा भर्ना गरेको पाइएको अख्तियारका प्रवक्ता नारायण प्रसाद रिसालले बताए । साथै जवानबाट उनी सोही नक्कली प्रमाणपत्र पेस गरी असईमा बढुवा समेत भएका थिए ।

    उनीसँगै सरस्वती माध्यमिक विद्यालय, पिपरा, रौतहटमा तत्काल कार्यरत प्रधानाध्यापक रवीन्द्र झा र शिक्षक मुकेशकुमार सिंहविरुद्ध पनि मुद्दा दायर गरिएको छ ।

    उनीहरूले प्रमाणपत्र जारी गर्दा जन्म मिति सच्याएर आफूहरूलाई फाइदा हुने काम गरेको अख्तियारले जनाएको छ ।

    सो आरोप पुष्टि भएको भन्दै अख्तियारले उनीहरूविरूद्ध मुद्दा दायर गरेको हो।

    images

    इन्द्रेणीपोष्ट
    मिडिया टुडे प्रा.लि.द्धारा सञ्चालित

    प्रतिक्रिया दिनुहोस
    सम्बन्धित समाचार

    © 2025 All right reserved to indrenipost.com | Site By : Sobij