काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट प्रहरीले अवैध रूपमा ल्याएको सुन सहित दुई जनालाई पक्राउ गरेको छ ।
विमानस्थल प्रहरी टोलीले दाङ घर भएका सीताराम चौधरी र सिरहाका सरोज सहानीलाई नियन्त्रणमा लिएको प्रहरीले जानकारी दिएको छ । उनीहरू नेपाल एयरलाइन्सको जहाजबाट दुबई हुँदै काठमाडौं आएका थिए ।
लुकाएर ल्याएको सुन जस्तो देखिने २ किलो बस्तु बरामद भएको छ । थप अनुसन्धान भइरहेको छ, विमानस्थल प्रहरी प्रमुख एसएसपी राजेश बाँस्तोलाले भने ।
उनीहरूलाई नियन्त्रणमा लिएर थप अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ । उनीहरूले दुबईबाट सुनलाई धुलो बनाएर कट्टुभित्र लुकाएर ल्याएका थिए ।