सोमबार, असार २३ गते २०८२ Jul 07 2025 Monday
images
images

उदयपुरमा ट्रक पल्टिँदा २४ प्रहरी घाइते


  • 2.1K
    SHARES
  • https://indrenipost.com/index.php/posts/1949
    मंसिर ४, २०७८ शनिबार
    उदयपुरमा ट्रक पल्टिँदा २४ प्रहरी घाइते

    उदयपुर । उदयपुरमा प्रहरीहरु सवार ट्रक दुर्घटना हुँदा २४ जना प्रहरी घाइते भएका छन् ।

    प्रहरीको बा १ ग २१६८ नम्बरको वान टन ट्रक उदयपुरगढी गाउँपालिका ७ अँधेरी जोगीटोलमा दुर्घटना हुँदा २४ जना प्रहरी घाइते भएका जिल्ला प्रहरी कार्यालय उदयपुरका डीएसपी वेदप्रसाद गौतमले जानकारी दिए ।

    कटारीबाट गाईघाट जाँदै गरेको ट्रक मदन भण्डारी लोकमार्गको गाईघाट नेपालटार खण्डमा शुक्रबार साँझ ८ बजे दुर्घटनामा परेको हो । ओरालोम ब्रेक फेल भएर ट्रक दुर्घटना भएको अनुमान गरिएको छ । 

    घाइतेमध्ये तीन जनाको अवस्था गम्भीर छ । उनीहरुको विराटनगरस्थित नोबेल अस्पतालमा उपचार भइरहेको छ । थप १७ जना घाइतेको पनि नोबेलमै उपचार भइरहेको प्रहरीले जनाएको छ । घाइते चार जना प्रहरीको भने उपदपुरका विभिन्न अस्पतालमा उपचार भइरहेको छ ।  

     

    images

    इन्द्रेणीपोष्ट
    मिडिया टुडे प्रा.लि.द्धारा सञ्चालित

    प्रतिक्रिया दिनुहोस
    सम्बन्धित समाचार

    © 2025 All right reserved to indrenipost.com | Site By : Sobij