सोमबार, असार २३ गते २०८२ Jul 07 2025 Monday
images
images

समाचार

भूपेन्द्र बडुवाल हत्याका आरोपी धरानबाट पक्राउ


  • 4.2K
    SHARES
  • https://indrenipost.com/index.php/posts/2011
    मंसिर ६, २०७८ सोमबार
    भूपेन्द्र बडुवाल हत्याका आरोपी धरानबाट पक्राउ

    काठमाडौं । कैलालीको लम्कीचुहा नगरपालिका १ का २३ वर्षीय भूपेन्द्र बडुवालको हत्यामा संलग्न भएको आरोप लागेका एक युवक धरानबाट पक्राउ परेका छन् ।

    पक्राउ पर्नेमा लम्कीचुहा १ का चिसापानीका १९ वर्षीय मदन शाही रहेका छन् । शाहीलाई इलाका प्रहरी कार्यालय इटहरीको टोलीले धरानबाट पक्राउ गरेको हो ।

    आइतबार बेलुका शाही धरान विजयपुरबाट पक्राउ परेको इलाका प्रहरी कार्यालय इटहरीले जनाएको छ । शाहीलाई कैलालीतर्फ पठाइएको इटहरीका प्रहरी नायब उपरीक्षक खगेन्द्रबहादुर खड्काले बताए ।

    शाही सुनसरी आएको सूचना प्रहरीलाई आएको थियो । पछ्याउँदै जाँदा शाही विजयपुरमा पक्राउ परेको खड्काले बताए ।बडुवालको कात्तिक २३ गते राति एक समूहले टीकापुरमा लगेर हत्या गरेको थियो ।

     

    images

    इन्द्रेणीपोष्ट
    मिडिया टुडे प्रा.लि.द्धारा सञ्चालित

    प्रतिक्रिया दिनुहोस
    सम्बन्धित समाचार

    © 2025 All right reserved to indrenipost.com | Site By : Sobij