सोमबार, असार २३ गते २०८२ Jul 07 2025 Monday
images
images

बाबुको एसिड प्रहारबाट छोराछोरी घाइते, छोराको अवस्था गम्भीर


  • 4.0K
    SHARES
  • https://indrenipost.com/index.php/posts/2026
    मंसिर ७, २०७८ मंगलबार
    बाबुको एसिड प्रहारबाट छोराछोरी घाइते, छोराको अवस्था गम्भीर

    सोलुखुम्बु । जिल्लाको सदरमुकाम सल्लेरीमा आफ्नै बाबुले छोराछोरीमाथि एसिड प्रहार गरि घाइते बनाएका छन् । सोलुदुधकुण्ड नगरपालिका–५ वसन्त बजारका करिब ५५ वर्षीय मोहन बराइलीले छोराछोरी माथि एसिड प्रहार गरि घाइते बनाएको सोलुखुम्बु प्रहरीले जनाएको छ ।

    सोमबार राति करिब ८:४० बजेको समयमा मादक पदार्थ सेवन गरेका बराइलीले २५ वर्षीय छोरा र १६ वर्षीया छोरी माथि एसिड प्रहार गरेको जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुका प्रहरी निरीक्षक ऋषिराज ढकालले जानकारी दिए ।

     प्रहरीका अनुसार एसिड प्रहार गर्ने बराईलीलाई नियन्त्रणमा लिएर अनुसन्धान भइरहेको छ भने छोरा र छोरीको जिल्ला अस्पताल फाप्लुमा उपचार भइरहेको छ । छोरीको अवस्था सामान्य रहेको तर छोराको अवस्था गम्भिर रहेको बताइएको छ ।

    images

    इन्द्रेणीपोष्ट
    मिडिया टुडे प्रा.लि.द्धारा सञ्चालित

    प्रतिक्रिया दिनुहोस
    सम्बन्धित समाचार

    © 2025 All right reserved to indrenipost.com | Site By : Sobij