सोमबार, असार २३ गते २०८२ Jul 07 2025 Monday
images
images

समाचार

जाजरकोटमा बस दुर्घटना हुँदा ज्यान गुमाउने पाँचै जनाको सनाखत


  • 2.8K
    SHARES
  • https://indrenipost.com/index.php/posts/2082
    मंसिर १२, २०७८ आइतबार
    जाजरकोटमा बस दुर्घटना हुँदा ज्यान गुमाउने पाँचै जनाको सनाखत

    जाजरकोट । आज बिहान भएको बस दुर्घटनामा ज्यान गुमाउने पाँचै जनाको सनाखत भएको छ ।

    जिल्ला प्रहरी कार्यालय जाजरकोटका डिएसपी मधुकुमार थापाका अनुसार दुर्घटनामा रुकुम पश्चिमको आठविसकोट नगरपालिका–५ की २४ वर्षीया सन्ध्या मल्ल शाही, उनकी चार वर्षीया छोरी दिव्या शाही, जाजरकोटको नलगाड नगरपालिका–१० का शेरबहादुर परियार, जारकोटकै कुशे गाउँपालिका–९ की १८ वर्षीया अनिला नेपाली र सप्तरीका ४० वर्षीय गंगाराम यादवको मृत्यु भएको छ ।

    नेपालगञ्जबाट जाजरकोट जाँदै गरेको ना ६ ख २७५७ नम्बरको बस आज बिहान २ बजे भेरी नगरपालिका–१३ कुदुनजिकै बाराखोलामा दुर्घटनामा परेको हो । 

    दुर्घटनामा चालकसहित २८ जना घाइते भएका छन् । जसमध्ये ३ जनाको अवस्था गम्भीर छ । उनीहरुलाई हेलिकप्टर मगाएर नेपालगञ्ज पठाउने तयारी भइरहेको डिएसपी थापाले जानकारी दिए ।

    images

    इन्द्रेणीपोष्ट
    मिडिया टुडे प्रा.लि.द्धारा सञ्चालित

    प्रतिक्रिया दिनुहोस
    सम्बन्धित समाचार

    © 2025 All right reserved to indrenipost.com | Site By : Sobij