आइतबार, असार २२ गते २०८२ Jul 06 2025 Sunday
images
images

तस्करीलाई सघाएको आरोपमा प्रहरी जवान पक्राउ


  • 1.6K
    SHARES
  • https://indrenipost.com/index.php/posts/2197
    मंसिर १९, २०७८ आइतबार
    तस्करीलाई सघाएको आरोपमा प्रहरी जवान पक्राउ

    काठमाडौं । सुन तस्करीमा सहयोग गरेको आरोपमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट एक प्रहरी जवान पक्राउ परेका छन् ।

    पक्राउ पर्नेमा लागुऔषध नियन्त्रण ब्यूरोमा कार्यरत रहेका प्रहरी जवान राजेन्द्र केसी रहेको त्रिभुवन विमानस्थल भन्सार कार्यालयका प्रमुख भन्सार प्रशासक महेश भट्टराईले जानकारी दिए ।

    विदेशबाट फर्कंदा काँचो सुनलाई भन्सार छल्न गहना आकारको बनाएर ल्याउन थालेपछि त्रिभुवन विमानस्थल भन्सार कार्यालयले जाँचमा कडाइ गरेको थियो । कडाइ भएपछि सुन पास गराउन सहयोगी भूमिका जवान केसीले गरेको पाइएपछि पक्राउ गरिएको भट्टराईले बताए ।

    उनलाई शनिबार पक्राउ गरिएको हो । विदेशबाट आएका यात्रुको सुनसमेत जवान केसीले बोकेको सीसी टीभी फुटेजमा देखिएको भन्सार कार्यालयले जनाएको छ ।

    सुन ल्याउने यात्रु र जवान केसी दुवैलाई महानगरीय प्रहरी वृत्त गौशालामा राखेर अनुसन्धान गरिएको विमानस्थलका डीआईजी राजेशनाथ बाँस्तोलाले बताए ।

    images

    इन्द्रेणीपोष्ट
    मिडिया टुडे प्रा.लि.द्धारा सञ्चालित

    प्रतिक्रिया दिनुहोस
    सम्बन्धित समाचार

    © 2025 All right reserved to indrenipost.com | Site By : Sobij