सोमबार, असार २३ गते २०८२ Jul 07 2025 Monday
images
images

ठगी गरेको आरोपमा काँग्रेस नेता अधिकारी पक्राउ


  • 2.6K
    SHARES
  • https://indrenipost.com/index.php/posts/2426
    पुष २, २०७८ शुक्रबार
    ठगी गरेको आरोपमा काँग्रेस नेता अधिकारी पक्राउ

    काठमाडौं । ठगीको आरोपमा काँग्रेस चितवनका नेता दीपक अधिकारीलाई प्रहरीले चितवनको भरतपुरबाट पक्राउ गरेको छ । 

    कम्युनिकेसन एण्ड कम्युनिकेट प्रालिसँग कारोवार गरे वापतको रकम नतिरेपछि प्रहरीको मोस्ट वान्टेट सूचीमा परेका चितवन कांग्रेसका नेता अधिकारीलाई पक्राउ गरेको प्रहरीले जानकारी दिएको छ ।

    कम्युनिकेसन एण्ड कम्युनिकेट प्रालिसँग चितवनको भरतपुरमा रहेको अस्किना केवल नेटर्वक प्रालि संचालन गर्दै आएका अधिकारीले दिएको चेक बाउन्स भएपछि प्रहरीले अदालतबाट आदेश लिएर पक्राउ पुर्जी जारी गरेको थियो ।

    सो कम्पनीलाई तिर्नुपर्ने करिव १ करोड ५० लाख रुपिया अधिकारी र अर्का संचालक मिलन गुरुङले पैसा नतिरी भाग्दै आएका थिए ।

    बिभिन्न मितिमा अधिकारी र गुरुङले कम्युनिकेसन एण्ड कम्युनिकेट प्रालिलाई उक्त रकम बराबरको चेक दिएको भएपनि उक्त चेक नसाटिएपछि सो कम्पनीले महानगरीय प्रहरी परिसर ललितपुरमा उजुरी दर्ता गरेको थियो ।

    images

    इन्द्रेणीपोष्ट
    मिडिया टुडे प्रा.लि.द्धारा सञ्चालित

    प्रतिक्रिया दिनुहोस
    सम्बन्धित समाचार

    © 2025 All right reserved to indrenipost.com | Site By : Sobij