काठमाडौं । मोटरसाइकल दुर्घटनामा परी एक जनाको मृत्यु भएको छ । दुर्घटनामा परी बर्दिया बढैयाताल गाउँपालिका सिमराका दिनेश बरालको मृत्यु भएको हो ।
कार्यालयबाट साँझ ५ बजे घर फर्किनेक्रममा विपरीत दिशाबाट आएको विङ्गरले ठक्कर दिँदा बरालको मृत्यु भएको इलाका प्रहरी कार्यालय खजुरा दुधौली बाँकेले जनाएको छ ।
बर्दियाको सदरमुकाम गुलरीयाबाट नेपालगञ्ज बाँके जाँदै गरेको विङ्गरले ठक्कर दिँदा मोटरसाइकलमा सवार बरालको घटनास्थलमै मृत्यु भएको हो ।
बरालको मृत्यु भएपछि स्थानीयले सडक अवरुद्ध गर्नुका साथै चालकलाई यथाशीघ्र कारबाही गर्न प्रशासन समक्ष माग गरेका छन् ।