आइतबार, असार २२ गते २०८२ Jul 06 2025 Sunday
images
images

नेपाल प्रहरीमा श्रमशोषणको पराकाष्टा, काम उस्तै, सेवासुविधा असमान


  • 1.8K
    SHARES
  • https://indrenipost.com/index.php/posts/2539
    पुष ७, २०७८ बुधबार
    नेपाल प्रहरीमा श्रमशोषणको पराकाष्टा, काम उस्तै, सेवासुविधा असमान

    काठमाडौं । संगठन छुट्टाछुट्टै । सांगठनिक संरचना र कामको प्रकृति उस्तै । देशमा शान्ति–सुरक्षा कायम गर्नु जिम्मेवारी । तर, दुवै निकायका कर्मचारीको पदअनुसार तलब स्केल समान रहे पनि सेवासुविधा असमान छ ।

    नेपाल प्रहरी र सशस्त्र प्रहरीबीच बढुवादेखि सेवासुविधासम्म विभेद छ । यी दुई संगठनका नियमावलीमा असमान प्रकारका व्यवस्था समेटिएका छन् ।

    प्रहरीमा कार्यालय सहयोगीको जागिर अवधिभर स्तरवृद्धि हुँदैन । तर, सशस्त्र प्रहरीमा पाँच वर्ष पुगेपछि एक स्तर बढ्दै जान्छ । प्रहरीमा डीएसपीसम्मले अनिवार्य अवकाश प्राप्त गर्ने बेला एक तह पदोन्नति पाउन सोही पदमा १२ वर्ष पूरा गरेको हुनुपर्छ ।

    सशस्त्रमा पाँच वर्ष पुगेपछि एसपीसम्मले पदोन्नति पाउँछन् । प्रहरीमा एसएसपीको पदावधि ६ वर्ष हुन्छ । सशस्त्रको सोही पदमा ७ वर्षे पदावधि तोकिएको छ । प्रहरीमा ग्रेड थप हुन स्तरवृद्धि भएको एक वर्ष काम गरेको हुनुपर्छ । सशस्त्रको स्तरवृद्धि हुँदा नै एक ग्रेड थप गरिएको हुन्छ । 

    अवकाशपछि पाउने औषधोपचार खर्च पनि असमान छ । ३० वर्ष काम गरेर अवकाश प्राप्त प्रहरीले आफूले पाउने औषधोपचार खर्चको १० प्रतिशत थप रकम मात्रै पाउँछन् । यही अवस्थामा सशस्त्रले २० प्रतिशत थप रकम पाउने व्यवस्था छ । 

    प्रहरीका एक एसपीका अनुसार रासन भत्तामा पनि विभेद छ । ‘नेपाल प्रहरीमा १६ आइटम रासन थियो भने सशस्त्रमा २१ आइटम । पछि यो हटाएर नियमावलीबाटै नगद सिस्टममा गयो’, नाम नबताउने सर्तमा ती एसपी भन्छन्, ‘रासनबापत आउने नगद पनि प्रहरीको कम छ ।’ यो समाचार अन्नपूर्ण पोस्टमा छ ।

    images

    इन्द्रेणीपोष्ट
    मिडिया टुडे प्रा.लि.द्धारा सञ्चालित

    प्रतिक्रिया दिनुहोस
    सम्बन्धित समाचार

    © 2025 All right reserved to indrenipost.com | Site By : Sobij