आइतबार, असार २२ गते २०८२ Jul 06 2025 Sunday
images
images

गैरदलित केटी भगाएयता बेपत्ता चन्द्रे कामी फेला परे


  • 1.8K
    SHARES
  • https://indrenipost.com/index.php/posts/2543
    पुष ७, २०७८ बुधबार
    गैरदलित केटी भगाएयता बेपत्ता चन्द्रे कामी फेला परे

    काठमाडौं । गैरदलित केटी भगाएपछि गत मंसिर २९ गतेदेखि बेपत्ता हुम्लाका चन्द्रे कामी फेला परेका छन् । 

    प्रहरीका अनुसार हुम्लाकै खार्पुनाथ गाउँपालिकामा हिँडिरहेको अवस्थामा आज बिहान चन्द्रेलाई फेला पारिएको हो । 

    हुम्लाको सर्केगाड गाउँपालिका–१ जैर गाउँका उनले गत मंसिर ५ गते मुगुको सोरु गाउँपालिका–४ की रमिला मल्ललाई भगाएका थिए ।

    त्यसपछि रमिलाको परिवारले २९ गते राति आफ्नी छोरी खोसेर लगेका थिए । तर चन्द्रे भने त्यही दिनदेखि बेपत्ता थिए । 

    चन्द्रेको परिवारले भने रमिलाकै माइती पक्षले आफ्ना छोरा बेपत्ता बनाएको भन्दै प्रहरीमा उजुरी दिएका थिए । यसैकारण रमिलासहित उनका बुवा अहिले पनि प्रहरीको निगरानीमै छन् । 

    images

    इन्द्रेणीपोष्ट
    मिडिया टुडे प्रा.लि.द्धारा सञ्चालित

    प्रतिक्रिया दिनुहोस
    सम्बन्धित समाचार

    © 2025 All right reserved to indrenipost.com | Site By : Sobij