मंगलबार, असार १७ गते २०८२ Jul 01 2025 Tuesday
images
images

माओवादी केन्द्रको नयाँ नेतृत्व चुन्न प्रदेश १ मा पनि चुनाव


  • 1.4K
    SHARES
  • https://indrenipost.com/index.php/posts/2544
    पुष ७, २०७८ बुधबार
    माओवादी केन्द्रको नयाँ नेतृत्व चुन्न प्रदेश १ मा पनि चुनाव

    काठमाडौं । नेकपा माओवादी केन्द्रले नेतृत्व चयनका लागि प्रदेश १ मा पनि निर्वाचन गर्ने भएको छ ।

    प्रदेश नेतृत्व चयनमा सहमति नजुटेपछि माओवादी केन्द्रले आज निर्वाचन गरेर त्यसको टुंगो लगाउन लागेको हो । 

    त्यसअघि माओवादी केन्द्र प्रदेश कमिटीको बैठक बस्दै छ । यसपछि अध्यक्षलगायत ९ जना पदाधिकारीका लागि निर्वाचन गरिने भएको हो । 

    गत मंसिर २५–२६ को प्रथम प्रदेश सम्मेलनले २७१ सदस्यीय प्रदेश कमिटी घोषणा गरे पनि पदाधिकारीमा सहमति हुन नसकेको हो । 

    नौ पदाधिकारीका लागि ४० जना आंकाक्षी छन् । कार्यदल बनाएरै सहमति गर्न प्रयास गरिए पनि हुन नसकेपछि चुनाव गर्न लागिएको हो । 

    ​पार्टीको प्रदेश १ अध्यक्षमा हर्कबहादुर लावती, शिवकुमार डाँगी र मोक्साहाङ मेन्याङ्बो, ध्रुव बुढाथोकी, देवान चाम्लिङ, मोहनकुमार खत्रीलगायत दाबेदार छन् ।
     

  • सम्बन्धित विषय:

  • # नेकपा (माओवादी केन्द्र)
  • images

    इन्द्रेणीपोष्ट
    मिडिया टुडे प्रा.लि.द्धारा सञ्चालित

    प्रतिक्रिया दिनुहोस
    सम्बन्धित समाचार

    © 2025 All right reserved to indrenipost.com | Site By : Sobij