आइतबार, असार २२ गते २०८२ Jul 06 2025 Sunday
images
images

एकै ठाउँमा किशोर-किशोरी झुण्डिएको अवस्थामा मृत भेटिए


  • 1.7K
    SHARES
  • https://indrenipost.com/index.php/posts/2637
    पुष १२, २०७८ सोमबार
    एकै ठाउँमा किशोर-किशोरी झुण्डिएको अवस्थामा मृत भेटिए

    कैलाली । कैलालीमा एक किशोर र एक किशोरी मृत भेटिएका छन् । जिल्लाको गौरीगंगा नगरपालिका-३ का बाँधुराम चौधरीका १९ वर्षीय छोरा मायाराम चौधरी र सोही ठाउँका खुसीराम चौधरीकी १६ वर्षीया छोरी सन्जु चौधरी मृत फेला परेका हुन् ।

    प्रहरीका अनुसार मायाराम जंगलमा झुण्डिएको अवस्थामा मृत फेला परेका हुन भने सन्जु आफ्नै घरभित्र झुण्डिएको अवस्थामा मृत फेला परेकी हुन् । 

    उनिहरु मृत परेको ठाउँ झण्डै दुई सय मिटर नजिक छ । प्रहरीले घटनाको अनुसन्धान शुरु गरेको जनाएको छ । दुवैको मृत्यु एक अर्कासँग जोडिएको छ वा छैन भन्नेबारे पनि अनुसन्धान भइरहेको बताइएको छ ।

    images

    इन्द्रेणीपोष्ट
    मिडिया टुडे प्रा.लि.द्धारा सञ्चालित

    प्रतिक्रिया दिनुहोस
    सम्बन्धित समाचार

    © 2025 All right reserved to indrenipost.com | Site By : Sobij