काठमाडौं । काठमाडौंमा एक महिला मृत फेला परेकी छन् ।
सोमबार बिहान कागेश्वरी मनोहरा नगरपालिका १ गागल फेदीस्थित सडक छेउमा एक महिला मृत फेला परेको महानगरीय प्रहरी परिसर काठमाडौंका प्रहरी उपरीक्षक दिनेशराज मैनालीले जानकारी दिए ।
मृत फेला पर्नेमा ३३ वर्षीया धनमाया लामा हुन् । लामा त्यही ठाउँकी स्थानीय हुन् । स्थानीयले बिहान उनको शव देखेपछि प्रहरीलाई खबर गरेका थिए ।