आइतबार, असार २२ गते २०८२ Jul 06 2025 Sunday
images
images

पाँच महिनामा तीन एसपी सहित १ हजार १ सय ४५ प्रहरी कारबाही


  • 1.6K
    SHARES
  • https://indrenipost.com/index.php/posts/2670
    पुष १३, २०७८ मंगलबार
    पाँच महिनामा तीन एसपी सहित १ हजार १ सय ४५ प्रहरी कारबाही

    काठमाडौं । पाँच महिनाको अवधिमा १ हजार १ सय ४५ जना प्रहरी कारबाहीमा परेका छन् ।

    तीन जना प्रहरी उपरीक्षक (एसपी) सहित १ हजार १ सय ४५ जनालाई कारबाही गरिएको नेपाल प्रहरीका प्रवक्ता एसएसपी वसन्त कुँवरले जानकारी दिए ।

    कारबाहीमा पर्नेहरूमा सबैभन्दा धेरै प्रहरी जवान रहेका छन् । पाँच महिनाको अवधिमा ६ सय ७५ जना प्रहरी जवान रहेको छन् ।

    त्यसपछि ३ सय ५ जना प्रहरी हवल्दार कारबाहीमा परेका छन् । प्रहरी उपरीक्षक माथिल्लो दर्जाका कुनै पनि प्रहरी यो पाँच महिनाको अवधिमा कारबाहीमा परेका छैनन् ।

    ४ जना प्रहरी नायव उपरीक्षक ९डिएसपी० कारबाहीमा परेका छन् । त्यसै गरी १२ जना प्रहरी निरीक्षक समेत कारबाहीमा परेको प्रवक्ता एसएसपी कुँवरले जानकारी दिए ।

    ४६ जना प्रहरी नायव निरीक्षक, ८६ जना प्रहरी सहायक निरीक्षक कारबाहीमा परेका हुन् । १४ जना कार्यालय सहयोगी पनि कारबाहीको भागिदार भएका छन् ।

    images

    इन्द्रेणीपोष्ट
    मिडिया टुडे प्रा.लि.द्धारा सञ्चालित

    प्रतिक्रिया दिनुहोस
    सम्बन्धित समाचार

    © 2025 All right reserved to indrenipost.com | Site By : Sobij