आइतबार, असार २२ गते २०८२ Jul 06 2025 Sunday
images
images

मदिराले मातेर भन्सारका कर्मचारी पिट्ने पर्यटन बोर्डका निलम्बित सिइओ रेग्मीलाई अदालतको राहत


  • 2.0K
    SHARES
  • https://indrenipost.com/index.php/posts/2702
    पुष १५, २०७८ बिहीबार
    मदिराले मातेर भन्सारका कर्मचारी पिट्ने पर्यटन बोर्डका निलम्बित सिइओ रेग्मीलाई अदालतको राहत

    काठमाडौं । सर्वोच्च अदालतले नेपाल पर्यटन बोर्डका सीईओ धनञ्जय रेग्मीलाई निलम्बन गर्ने निर्णय कार्यान्वयन नगर्नरनगराउन अल्पकालीन अन्तरिम आदेश जारी गरेको छ ।

    न्यायाधीश दीपककुमार कार्कीको एकल इजलाशले रेग्मीको निलम्बन तत्काल कार्यान्वयन नगर्न उक्त आदेश जारी गरेको हो । रिटमाथि बुधवार सुनुवाइ गर्दै सर्वोच्चले दुवै पक्षलाई माघ ३ गते छलफलका लागि बोलाएको छ । उक्त छलफलमा कारबाही गर्नुको कारणसहित लिखित जवाफ पेश गर्न आदेशमा भनिएको छ ।

    बोर्डका ध्यक्षसमेत रहेका संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सचिव महेश्वर न्यौपानेको अध्यक्षतामा पुस २ मा बसेको बोर्ड बैठकले रेग्मीलाई निलम्बन गरेको थियो ।

    सीईओ रेग्मीले लन्डनबाट काठमाडौं फर्कने क्रममा रक्सी खाएर त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलमा कार्यरत भन्सारका कर्मचारीमाथि हातपात गरेका थिए । कर्मचारीमाथि हातपात गरेको घटना सार्वजनिक भएपछि उनी विवादित बन्दै आए ।

    सीईओ रेग्मीले डेढ महीनाअघि बेलायतबाट नेपाल फर्कने क्रममा त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलमा आफूले ल्याएको रक्सी रोकेको निहुँमा भन्सारका कर्मचारीसँग झगडा गरेकोबारे उनलाई स्पष्टीकरणसमेत सोधिएको थियो ।

    बोर्ड उपाध्यक्ष चन्द्र रिजालको संयोजकत्वमा गठित छानविन समितिले रेग्मी दोषी रहेको ठहर गर्दै निलम्बनका लागि बोर्डलाई सिफारिश गरेको थियो । यो समाचार आर्थिक अभियान दैनिकमा छ ।

    images

    इन्द्रेणीपोष्ट
    मिडिया टुडे प्रा.लि.द्धारा सञ्चालित

    प्रतिक्रिया दिनुहोस
    सम्बन्धित समाचार

    © 2025 All right reserved to indrenipost.com | Site By : Sobij