आइतबार, असार २२ गते २०८२ Jul 06 2025 Sunday
images
images

काँग्रेस सभापतिलाई गोली हान्ने धम्की दिने एसपी निलम्बित


  • 2.3K
    SHARES
  • https://indrenipost.com/index.php/posts/2839
    पुष २१, २०७८ बुधबार
    काँग्रेस सभापतिलाई गोली हान्ने धम्की दिने एसपी निलम्बित

    काठमाडौं । नेपाली काँग्रेसका सिरहा जिल्ला सभापति रामचन्द्र यादवलाई धम्की दिएको आरोप लागेका प्रहरी उपरीक्षक (एसपी) हिराबहादुर पाण्डे तीन महिनाका लागि निलम्बनमा परेका छन् । 

    अनुसन्धानका लागि पाण्डेलाई तीन महिनाका लागि निलम्बन गरिएको हो ।

    काँग्रेस सिरहाका सभापति यादवले आफ्नो घरमै आएर पाण्डेले गोली हान्ने धम्की दिएको दाबी गरेका थिए ।

    उनले विज्ञप्ति नै जारी गरेर यही पुस १८ गते राति १ः२५ बजे मादकपदर्थ सेवन गरेर पेस्तोल देखाएर आक्रमणको प्रयास गरिएको आरोपसमेत लगाएका छन् ।

    images

    इन्द्रेणीपोष्ट
    मिडिया टुडे प्रा.लि.द्धारा सञ्चालित

    प्रतिक्रिया दिनुहोस
    सम्बन्धित समाचार

    © 2025 All right reserved to indrenipost.com | Site By : Sobij