सोमबार, असार २३ गते २०८२ Jul 07 2025 Monday
images
images

३४ एसपी, ७ जिल्लाका इन्चार्जको सरुवा, को कहाँ पुगे ? (सूची)


  • 1.5K
    SHARES
  • https://indrenipost.com/index.php/posts/2919
    पुष २५, २०७८ आइतबार
    ३४ एसपी, ७ जिल्लाका इन्चार्जको सरुवा, को कहाँ पुगे ? (सूची)

    काठमाडौं । नेपाल प्रहरीका ३४ जना प्रहरी उपरीक्षक (एसपी)हरुको सरुवा भएको छ । आइजीपी शैलेश थापा क्षेत्रीले आइतबार एसपीहरूको सरुवा गरेका हुन् ।  

    जिल्ला प्रहरी कार्यालय झापामा विश्वमणि पोखरेललाई पठाइएको छ । झापामा कार्यरत सानुराम भट्टराईको काठमाडौं उपत्यका विशेष सुरक्षा गण त्रिपुरेश्वरमा सरुवा भएको छ । भट्टराई इन्चार्जबाट इन्चार्जमा सरुवा भएका हुन् ।

    जिल्ला प्रहरी कार्यालय सिरहामा अर्जुनप्रसाद तिमिल्सिना, काभ्रेमा चक्रराज जोशी, पाल्पाको इन्चार्जमा जनक बहादुर शाही र बारामा दिलीपसिंह देउवालाई सरुवा गरिएको छ । पूर्वी नवलपरासीमा प्रज्वल महर्जनको सरुवा भएको छ ।

    कञ्चनपुरमा श्यामसिंह चौधरीलाई पठाइएको छ । महानगरीय प्रहरी कार्यालय रानीपोखरीमा कार्यरत सुशीलसिंह राठौरलाई राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय रामनगरमा सरुवा गरिएको छ । 

    को कहाँ सरुवा भए ?

    images

    इन्द्रेणीपोष्ट
    मिडिया टुडे प्रा.लि.द्धारा सञ्चालित

    प्रतिक्रिया दिनुहोस
    सम्बन्धित समाचार

    © 2025 All right reserved to indrenipost.com | Site By : Sobij