आइतबार, असार २२ गते २०८२ Jul 06 2025 Sunday
images
images

जनप्रतिनिधि, शिक्षक र समाजका अगुवा बलात्कार घटनामा संलग्न, पाँच जना पक्राउ


  • 1.7K
    SHARES
  • https://indrenipost.com/index.php/posts/2930
    पुष २६, २०७८ सोमबार
    जनप्रतिनिधि, शिक्षक र समाजका अगुवा बलात्कार घटनामा संलग्न, पाँच जना पक्राउ

    काठमाडौं । जनप्रतिनिधि, शिक्षकसहितका समाजका अगुवाकै पहलमा बलात्कारजस्तो जघन्य अपराधमा मिलापत्र गरिएको खुलेको छ । कैलालीको घोडाघोडी नगरपालिका– ४ का वडासदस्य लक्ष्मीरुद्र न्यौपानेसहित मिलापत्र गराउने पाँचजनालाई प्रहरीले पक्राउ गरेको छ । त्यस्तै, बलात्कार घटनाका अभियुक्त ३० वर्षीय प्रकाश सुवेदी पनि पक्राउ परेका छन् ।

    गत १५ मंसिरमा स्थानीय एक वृद्धामाथि भएको बलात्कारको घटना आर्थिक लेनदेनमा मिलापत्र गराइएको थियो । थारू समुदायको विपन्न पीडित परिवारलाई उनीहरूले मिलापत्रका लागि दबाब दिएका थिए । पीडितलाई तीन लाख दिने सहमतिमा घटना त्यतिखेर गुपचुप पारिएको थियो । तर, पूरै नदिएपछि घटना बाहिर आएको हो । 

    मिलापत्र गराउने वडासदस्य न्यौपानेसहित स्थानीय एक निजी विद्यालयका शिक्षक होमप्रसाद सुवेदी, पूर्ववडासचिव यज्ञराज आचार्य र राजु भट्टराईलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता डिएसपी वेदप्रकाश जोशीले बताए ।

    ‘उनीहरूले आर्थिक लेनदेन गराएर घटना गाउँमै मिलाएको बुझिएको छ । आरोपितमाथि थप अनुसन्धान गरिरहेका छौँ,’ उनले भने, ‘सहमतिअनुसार पीडितले पैसा नपाएपछि घटना बाहिर आएको देखिन्छ ।’ 

    इलाका प्रहरी कार्यालय सुख्खडका प्रमुख डिएसपी लक्ष्मण शाहीले मिलापत्र गराउन खोजेको भन्दै पीडित वृद्धाका छोराले गत ११ पुसमा प्रहरीमा नौजनाविरुद्ध उजुरी दिएका थिए । डेढ सातायता पाँचजना पक्राउ परेका हुन्, चारजना फरार छन् ।

    ‘एक महिनाअगाडिको घटना भए पनि प्रहरीमा ढिलो गरी जाहेरी आयो,’ डिएसपी शाहीले भने । अन्य चारजनाको पनि खोजी भइरहेको उनले बताए । 

    प्रकाशले गत १५ मंसिरको राति करिब ९ बजेतिर आफन्तको घरबाट फर्किरहेकी ७७ वर्षीया वृद्धालाई रक्सी खाएका सुवेदीले खेतमा लगेर बलात्कार गरेको प्रहरीले जनाएको छ । डिएसपी जोशीका अनुसार पीडितलाई तीन लाख रुपैयाँ दिने सहमतिमा घटना गाउँमै मिलापत्र गरिएको थियो ।

    तर, सहमतिअनुसारको पूरै रकम नपाएपछि पीडित पक्षले प्रहरीमा उजुरी दिएका हुन् । पीडक पक्षले दुई लाख मात्रै दिएको स्रोतको भनाइ छ । यो समाचार नयाँ पत्रिका दैनिकमा छ । 

    images

    इन्द्रेणीपोष्ट
    मिडिया टुडे प्रा.लि.द्धारा सञ्चालित

    प्रतिक्रिया दिनुहोस
    सम्बन्धित समाचार

    © 2025 All right reserved to indrenipost.com | Site By : Sobij