मंगलबार, असार १७ गते २०८२ Jul 01 2025 Tuesday
images
images

प्रदेश सरकार

टुुक्रे योजनामा नअल्झिन मुुख्यमन्त्री पाण्डेको निर्देशन


  • 766
    SHARES
  • https://indrenipost.com/index.php/posts/5354
    मंसिर १६, २०८० शनिबार
    टुुक्रे योजनामा नअल्झिन मुुख्यमन्त्री पाण्डेको निर्देशन

    काठमाडौं । गण्डकी प्रदेश सरकारका मुख्यमन्त्री सुुरेन्द्रराज पाण्डेले टुुक्रे योजनामा नअल्झिन भौतिक पूूर्वाधार विकास तथा यातायात व्यवस्था मन्त्रालय मातहतका कार्यालयहरुलाई निर्देशन दिनुुभएको छ ।

    म्याग्दीको घोडेपानीमा आज भौतिक पूूर्वाधार विकास तथा यातायात व्यवस्था मन्त्रालयस्तरीय समस्या समाधान समितिको बैठक तथा चालुु आर्थिक वर्षको प्रथम चौमासिकको समीक्षा कार्यक्रमलाई सम्बोधन गर्दै मुुुख्यमन्त्री पाण्डेले टुुक्रे योजनामा समय र श्रम खेर नफाल्न निर्देशन दिए । 

    सङ्घीय सरकारले प्रदेशलाई रु दुुई लाखसम्म बजेटका योजना कार्यान्वयन गर्न पठाएको छ । मैले प्रधानमन्त्री र सङ्घीय मन्त्रीहरुलाई पाँच/सात बजेटका साना योजना कार्यान्वयन गर्न सकिँदैन भनेको छु, उनले भने ।

    परिमाण नआउने साना र टुुक्रे योजनामा अल्झिएर समय र श्रम खेर नफाल्न भौतिक पूूर्वाधार र सिँचाइ मन्त्रालय मातहतका निकायलाई निर्देशन दिएको छु ।

    प्रदेश सरकारको कूल बजेटको ३५ र पूँजीगत बजेटको ५५ प्रतिशत हिस्सा ओगटेको भौतिक मन्त्रालयको प्रगतिले समग्र प्रदेश सरकारको काम देखाउने भएकाले ८१ प्रतिशत बजेट कार्यान्वयन गर्ने लक्ष्यको कार्यान्वयन गर्न निर्देशन दिए ।

    सङ्घीयता र प्रदेश सरकारप्रति उठेका प्रश्नको जवाफ काम गरेर देखाउनुुपर्ने चुुनौतीको सामना गर्न परिणाममुुखी काम गर्नुुपर्ने बताए ।

    मुुख्यमन्त्री पाण्डेले कुुनै पनि बहानामा बजेट र योजना कार्यान्वयनमा ढिलासुस्ती तथा आलटाल गर्ने छुट नहुुने चेतावनी दिए ।  जनशक्ति अभावको समस्या समाधान गर्न करारमा कर्मचारी राख्ने अध्यादेश ल्याउनसमेत तयार रहेको र त्यसका लागि विपक्षी दलका नेतालाई समेत सहमत बनाएको बताउँदै उहाँले पटकपटक एउटै समस्या देखाएर जिम्मेवारीबाट नपन्छिन आग्रह गरे ।

    विसं २०७६ को सङ्घीय वन ऐनलाई देखाएर विकास आयोजनामा अवरोध सिर्जना गर्ने गतिविधि हुुन थालेकोप्रति असन्तुष्टि जनाउँदै मुुख्यमन्त्री पाण्डेले प्रदेशसभाले २०८० मा जारी गरेको वन ऐनमा टेकेर काम गर्न अनुुरोध गरे । 

    वन, आर्थिकलगायत नीतिगत समस्या समाधानका लागि मन्त्रालय तथा मन्त्रिपरिषद् कार्यालय तयार रहेको बताए । प्रदेशका आर्थिक मामिला तथा योजनामन्त्री जितप्रकाश आलेले काम भएका विकास आयोजनामा बजेट अभाव हुुन नदिने र योजना कार्यान्वयनमा सहजीकरण गरिने बताए ।

    भौतिक पूूर्वाधार विकास तथा यातायात व्यवस्थामन्त्री रेशमबहादुुर जुुग्जालीले योजना कार्यान्वयनमा देखिएका समस्याको समाधान तथा असल अभ्यास विस्तार गर्न समीक्षा कार्यक्रम उपलब्धिमूलक हुुने विश्वास व्यक्त गरे ।

    मन्त्रालयका सचिव शङ्करप्रसाद पण्डित, पूर्वाधार महाशाखाका सिनियर डिभिजनल इञ्जिनियर राम पराजुुली, यातायात व्यवस्था महाशाखाका प्रमुख टीकाराम पौडेल, पूूर्वाधार विकास कार्यालय र यातायात व्यवस्था कार्यालयका प्रमुखहरुले चालुु आर्थिक वर्षका योजना कार्यान्वयनको अवस्था, देखिएका समस्या र समाधानका लागि भएको पहलको विषयमा जानकारी गराए । 

    images

    इन्द्रेणीपोष्ट
    मिडिया टुडे प्रा.लि.द्धारा सञ्चालित

    प्रतिक्रिया दिनुहोस
    सम्बन्धित समाचार

    © 2025 All right reserved to indrenipost.com | Site By : Sobij