विराटनगर । आसन्न राष्ट्रियसभा सदस्य चयनका लागि हुन लागेको निर्वाचनमा एमाले र राप्रपाले तालमेल गरेका छन् ।
कोशी प्रदेशमा उनीहरुले तालमेल गरेका हुन् । सोमबार भएको छलफलमा दुई दलका नेताहरु राष्ट्रियसभा निर्वाचनमा कोशी प्रदेशमा तालमेल गर्न सहमत भएका हुन् ।
एमालेका मतदाताले राप्रपाको उम्मेदवार उद्धव पौडेललाई र राप्रपाका मतदाताले एमाले उम्मेदवार रुक्मिणी कोइरालालाई मतदान गर्ने सहमति भएको छ ।
यही ११ माघमा राष्ट्रियसभा सदस्य चयनका लागि निर्वाचन हुँदैछ । कोशी प्रदेशमा दुई सिटका लागि मतदान हुँदैछ ।